रोजगार | अवसर पृष्‍ठ
प्रमुख समाचार
 

उद्योगमा रोजगारी सिर्जना गर्न त्रिपक्षीय सम्झौता

माघ १४, २०८० काठमाडौं । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिसिप) सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरिएको छ । विभिन्न छ वटा उद्योगहरुले कूल एक हजार ६ सय ६३ जना प्रशिक्षार्थी कामदार छनौटगरी प्रशिक्षण प्रदान गरी रोजगारी दिलाउने उद्देश्य अनुरुप उक्त सम्झौता गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल साथै नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघलगायत छ वटा संघसंस्थाबिच सम्झौता भएको हो ।