सुतेको हात्ति दौड्न शुरु गरेको छ : प्रधानमंत्री मोदी

श्रावण ३०,२०७५

-

साउन ३०, २०७५ एजेंसी
 
 
भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको लालकिल्लाबाट बुधबार बिहानै सम्बोधन गरेका छन् ।
 
अंग्रेजबाट भारत स्वतन्त्र भएको अवसरमा हरेक वर्ष स्वतन्त्रता दिवसको दिन प्रधानमन्त्रीले लालकिल्लाबाट महत्वपूर्ण सम्बोधन गर्ने प्रचलन भारतमा रही आएको छ ।
 
लालकिल्ला जानुअघि एकाबिहानै प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भनेका छन्, ‘स्वतन्त्रता दिवस के शुभ अवसर पर सभी देशवासियों को शुभकामनाएं । जय हिन्द।’
 
 
 
लालकिल्लामा मोदीको सम्बोधनका महत्वपूर्ण बुँदाः
 
– आज म खुशीको खबर सुनाउँदै छु । हाम्रो देशले अंतरिक्षको दुनियाँमा प्रगती गरिरहेको छ । सन् २०२२ सम्म भारतका कुनै पनि सन्तान अंतरिक्षमा जान सक्नेछन् ।
 
– सुतेको हात्ति अब दौडन शुरु गरेको छ । विश्वभरका अर्थशास्त्री भन्दैछन्, अबका तीन दशक भारतले विश्व अर्थव्यवस्थालाई गति दिनेछ ।
 
– म देशको हितमा काम गर्दैछु, पार्टीको हितमा होइन । मेरा लागि देश नै सर्वोपरी हो ।
 
– मैले देशका किसानको पक्षमा काम गरेको छु । बेनामी सम्पत्ति कानुनको मातहत ल्याइएको छ । सारा विश्वले भारतलाई हेरिरहेको छ । म कडा निर्णय गर्ने सामर्थ्य राख्छु । 
 
– ठूलो लक्ष राखिएन भने विकासको गति रोकिन्छ । म विकासको ठूलो लक्ष लिएर अगाडि बढ्ने प्रयास गर्दैछु ।
 
– सन् २०१४ मा यस देशका सवा अर्ब नागरिक सरकार बनाएर मात्रै चुप बसेका थिएनन् । उनीहरू देश बनाउन पनि जुटेका थिए, र जुटिरहेका छन् । यो देशको तागत हो । 
 
– स्वतन्त्रतापछि अम्बेडकरको नेतृत्वमा समावेशी संविधान बन्यो । यसले हाम्रा लागि केही जिम्मेवारी लिएर आएको छ । समाजको हरेक तब्कालाई अगाडी बढाउन संविधानले मार्गनिर्देशन गरेको छ ।
 
– चौथो औद्योगिक क्रान्तिको नेतृत्व भारतले गर्नेछ । म यसका लागि प्रतिक्षारत छु । देशले आफ्नो क्षमता र संसाधनबाट पूरा लाभ उठाउने छ ।
 
– म कास्मिरमा गोली र गालीबाट हैन, गला मिलाएर अगाडि बढ्नेछु । 
 
– हिंसाले कसैको भलो गर्दैन । त्रिपुरा र मेघालयमा आतंकवाद नियन्त्रणमा आएको छ । नश्लवाद पनि तीब्र रुपमा नियन्त्रणमा आइरहेको छ । आंतरिक सुरक्षा कायम भएको छ । 
 
– तीन पारपाचुके कानुन पारित हुन दिइएको थिएन । संसदमा कानुन ल्याएर मैले मुस्लिम महिलालाई राहत दिएको छु ।
 
– बलात्कारबाट देशलाई मुक्त गर्नुछ । पछिल्लो समय मध्यप्रदेश र राजस्थानमा बलात्कारीलाई फाँसीको सजाय दिइएको छ । यो खबरको प्रचार गर्न आवश्यक छ । महिलालाई न्याय दिन कुनै कसर बाँकी राख्दिनँ । आज सर्वोच्च अदालतमा तीन जना महिला न्यायाधीश छन् । स्वतन्त्रतापछि अहिलेको मन्त्री परिषदमा सबैभन्दा धेरै महिला छन् ।
 
– म आज शसस्त्र सेनामा महिलालाई स्थायी सेवा दिने घोषणा गर्दछु ।
 
– कालो धन र भ्रष्टाचार माफ हुनेछैन । जतिसुकै कठिनाई आएपनि म यसलाई छोड्ने छैन । मैले भाई भतिजावाद समाप्त गरेको छु ।
 
– आज तपाईंले खाना खाँदै गर्दा कर तिर्ने व्यक्तिको करबाट देशका तीन गरिब व्यक्तिले खाना खान पाएका छन् । यसको पुन्य सरकारलाई होइन, करदातामा जान्छ । सन् २०१३ सम्म सिधै कर तिर्ने चार करोड थिए, अहिले यो संख्या पौने सात करोड पुगेको छ ।
 
स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित दूतावासमा झण्डा फहराउँदै भारतीय राजदूत