वाजपेयीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने

भाद्र ०१,२०७५

-

१ भदौ, काठमाडौं 
 
भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् । वाजपेयीको अन्त्येष्टिमा नेपालको प्रतिनिधित्व गर्दै ज्ञवाली सहभागी हुन लागेका हुन् ।
 
तीन पटक भारतको प्रधानमन्त्री बनेका वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार अपराह्न निधन भएको थियो । उनको शुक्रबार अपराह्न अन्त्येष्टि गर्ने तयारी छ ।
 
नेपाली कांग्रेसले कार्यबाहक सभापतिसमेत रहेका उपसभापति विमलेन्द्र निधिलाई पठाउँदैछ ।