हवाई आक्रमणमा ३१ जनाको मृत्यु

भाद्र ०१,२०७५

-

१ भदौ, २०७५
 
 
अफगानिस्तानमा भएको हवाई आक्रमणमा परी ३१ जना भन्दा बढीको मृत्यु भएको छ।
 
अफगान सुरक्षा फौजले लगातार गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा उनीहरू बिहीबार मारिएका हुन्।
 
तालिवान लडाकुहरुको अखडा रहेको क्षेत्रमा गोप्य सुचनाका आधारमा आक्रमण गर्दा तालिवान लडाकूहरु नै मारिएको प्रान्तीय प्रहरी प्रमुख मोहम्मद मुस्ताफा मायारले दाबी गरे।
 
उनले जाबुला प्रान्तको शिन्काई, नावबहार, रोहनी बाबा र अन्य केही भागहरूमा सरकारी सुरक्षाकर्मीहरूले बिहीबार विहानै सुरक्षा कारबाही गरेको बताए। आक्रमणमा परी अरु केही घाइते पनि भएको समाचारमा जनाइएको छ। यसबारे तालिवानी समूहले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन। एजेन्सी