केरलामा शताब्दीकै भीषण बाढी, मृत्यु हुनेको संख्या एक सय ६

भाद्र ०१,२०७५

-

१ भदौ, २०७५ एजेंसी
 
 
अविरल वर्षापछि भारतको केरला राज्यमा आएको भीषण बाढीबाट मृत्यु हुनेको संख्या एक सय ६ पुगेको छ।
 
बाढीबाट १ लाख ५० हजार विस्थापित भएका छन्। मुसलधारे वर्षापछि आएको बाढी र पहिरो परेर सयौँ मानिसहर हराइरहेको आशंका गरिएको छ भने हजारौं घरहरु डुबानमा परेका छन्। यो बाढी शताब्दीको ठूलो भएको भरत सरकारको दावी छ।
 
बाढीकै कारण केरलाको व्यस्त कोचिन अन्तर्राष्ट्रिय विमानस्थल बिहिबार नै शनिबार सम्मकालागि बन्द गरिएको छ। १४ जिल्लाका सबै शैक्षिक संस्था समेत ठप्प छन्। मौसम विभागले केरलामा खतराको संकेत समेत दिएको छ।
 
बाढी प्रभावितलाई यतिबेला सहायता प्रदान गर्ने कार्य जारी राखिएको राज्यका मुख्यमन्त्री पिनारायी भिजयानले बताएका छन्। उनले केरलामा इतिहासमै पहिलो पटक यतिठूलो प्राकृतिक प्रकोप देखा परेको बताए।
 
केरलामा डुबान कम गर्नका लागि मुख्य ४१ खोलाका ड्याम खोलिएको छ। ड्याम खेलेका कारण बस्तीमा पानी पस्ने अवस्था केही कम भएको अधिकारीहरुले बताएका छन्। घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धार तथा सहायतालाई तिव्रता दिन निर्देशन दिएका छन्।