घ्यू कुमारीको चमत्कारी उपाय, साना स्तनलाई बढाएर बनाउँछ आर्कषक

आश्विन ०४,२०७५

-

४ असोज २०७५ काठमाण्डौ l
 
 
काठमाडौँ । घ्यू कुमारी छालासम्बन्धी भएका विभिन्न समस्याहरु समाधानको लागि प्रयोग गर्ने गरिन्छ । घ्यु कुमारीको पातमा फाइटोइसट्रोजन पाइने भएकाले यसले शरिरमा भएको एसट्रोजनको मात्रालाई बढाएर स्तन बढाउनमा सहयोग गर्दछ । प्राकृतिक रुपमा घ्यू कुमारीको अत्याधिक फाइदाहरु रहेका छन् ।
 
यसले रक्तसञ्चारमा सुधार ल्याएर छालामा भएको घाउचोटलाई तुरुन्तै निको पार्छ । घ्यू कुमारीको रस छालामा लगाउनाले छालामा चमक आउने र रक्तसञ्चारमा सुधार ल्याउने गर्छ । घ्यू कुमारीले स्तनमा हावाको मात्रा पुर्याएर ठूलो बनाउन मद्दत गर्छ । अमिनो एसिडको मात्रा बढी भएको कारण शरिरको लागि घ्यू कुमारी लाभदायक रहेको छ । अमिनो एसिडले स्तन बढाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
 
हाम्रो शरिरमा अमिनो एसिड नबन्ने भएकाले अमिनो एसिड प्राप्त गर्नको लागि दैनिक रुपमा घ्यू कुमारीको रस पिउनु जरुरी रहेको हुन्छ । घ्यू कुमारीमा भिटामिन ए, बी, सी,र ई जस्ता थुप्रै प्रकारका मिनरल्स जस्तै कपर, जिंक पोटासियम जस्ता भिटामिनहरु पाइने भएकाले घ्यू कुमारीलाई निकै उपयोगी वनस्पतिको रुपमा मान्ने गरिन्छ । भिटामिन र मिनरल्सले शरिरको बनावट मिलाउन मद्दत गर्नुको साथै स्तन बढाउन समेत सहयोग गर्छ ।