तल्लो तहसम्म पार्टी एकीकरण गर्नुपर्छः अध्यक्ष दाहाल

आश्विन ०६,२०७५

-

 ६ असोज २०७५ काठमाण्डौ l
 
 
 
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले पार्टीको तल्लो तहसम्मका कमिटी एकीकरण हुन नसक्दा प्रदेश सरकार र स्थानीय सरकारलाई आवश्यक सहयोग हुन नसकेको बताएका छन् । अध्यक्ष चयन भएपछि शनिबार यहाँ पत्रकारसँग उनले प्रदेशदेखि गाउँसम्म एकीकरण छिटो गर्नुपर्ने बताए ।  
 
पार्टीले पूर्णता नपाउँदा सरकार र स्थानीय तहबाट भए गरेका सकारात्मक काम जनतामाझ पुग्न नसकेको उनको भनाइ थियो ।
 
पार्टी एकता भनेको देशको रुपान्तरण भएको भन्दै उनले अहिले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा साकार पार्न तल्लो तहसम्म पार्टी एकीकरणको अनुभूति हुने गरी काम गर्नुपर्ने बताए । रासस