प्रधानमन्त्री अमेरिका प्रस्थान, कार्यवाहक प्रधानमन्त्री पोखरेल

आश्विन ०७,२०७५

-

७ असोज २०७५ काठमाण्डौ l
 
 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका छन् । उनी शनिबार राति अमेरिका प्रस्थान गरेका हुन् । त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले बिदाइ गरेका थिए ।
 
प्रधानमन्त्री ओलीले बिहीबार महासभालाई सम्बोधन गर्नेछन् भने महासभा मंगलबारदेखि सुरु हुँदैछ ।  यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छन् । राष्ट्रपतिले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । बार्हखरी