भगवान गौतम बुद्धका विचार जसले तपाईंको जीवन बदल्न सक्छ !

आश्विन ०७,२०७५

-

७ असोज २०७५ काठमाण्डौ l
 
 
भगवान गौतम बुद्ध इतिहासका सबैभन्दा महान व्यक्तिहरु मध्ये एक हुन्, जसले बौद्ध धर्मको रुपमा मानवतालाई एक अमुल्य उपहार दिए । उनले स्थापना गरेको बौद्ध धर्म आज विश्वमा ४० करोडभन्दा पनि बढि व्यक्तिहरुले मान्दै आईरहेका छन् ।
 
भगवान गौतम बुद्धसँग जोडिएका केहि अनमोल विचारका बारेमा चर्चा गर्नेछौं, जुन विचारहरुलाई तपाईंले पनि ग्रहण गर्नुभयो भने तपाईंको जीवनमा पनि परिवतर्न आउन सक्नेछ ।
 
१. संसार दुःखले भरिएको छ, यी दुःखको मुख्यकारण हाम्रा इच्छाहरु हुन् । हामीले हाम्रा इच्छाहरुलाई नियन्त्रण गर्न सकेमा दुःखलाई नाश गर्न सकिन्छ ।
 
२. यदि तपाईंको एउटा इच्छा पुरा भयो भने तुरुन्त अर्को इच्छा जन्मीने छ ।
 
३. क्रोधलाई पालेर राख्नु भनेको तातो कोईलालाई समातेरर राख्नु हो । यसले तपाईंलाई नै जलाउने काम गर्छ ।
 
४. सत्यको मार्गमा चल्ने कुनै पनि व्यक्तिले दुईवटा मात्र गल्ति गर्न सक्छन्, पुरा बाटो नहिड्नु या सुरुवात नै नगर्नु ।
 
५. निरोगी स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, विश्वास सबैभन्दा राम्रो सम्बन्ध हो भने सन्तोष सबैभन्दा ठूलो धन हो ।
 
६. आफ्नो काम पुरा गर्नका लागि कहिल्यै पनि अरुमा निर्भर नहुनुहोस् ।
 
७. बितेको समयका बारेमा ध्यान नदिनुहोस्, भविष्यको बारेमा नसोच्नुहोस्, आफ्नो मनलाई वर्तमान समयमा केन्द्रित गर्नुहोस् ।
 
८.  कहिलेपनि कुनै व्यक्तिको दुःखको कारण नबन्नुहोस् ।
 
९. जुन व्यक्तिले आफ्नो क्रोधलाई नियन्त्रण गर्न सक्दछ, उसलाई कहिले पनि दुःख हुँदैन ।
 
१०. यदि कुनै व्यक्ति आफ्नो कमजोरी देखाउने व्यक्तिलाई धन-संपत्ति देखाउने व्यक्ति जस्तै सम्झन्छ, र राम्रो संगतमा रहन्छ भने त्यस्तो व्यक्तिलाई संधै सुख मिलिरहन्छ ।
 
११. हामीले गरेका गल्तीहरुको सजाय तुरुन्त नमिल्न सक्छ तर समयको साथ साथै कुनै न कुनै दिन अवश्य पनि सजाय मिल्दछ ।
 
१२. हजारौं शब्दहरुको मन्थनबाट एउटा राम्रो शब्द निस्कन्छ जसले शान्ति ल्याउंदछ ।
 
१३. म यो कहिले पनि देख्दिन कि के गरियो, म केवल यो मात्र जान्दछु कि के गर्न बाँकी छ ।
 
१४. शरीरलाई स्वस्थ राख्नु हाम्रो महत्वपूर्ण दायित्व हो, यदि यसो गरिएन भने हामी आफ्नो मनलाई बलियो बनाउन सक्दैनौं ।
 
१५. शान्तिप्रिय व्यक्ति आनन्दको जीवन बिताउँदछन्, उनिहरुलाई जीत र हार को कुनै परवाह हुँदैन ।
 
१६. जसरी हावाले पहाडलाई हल्लाउन सक्दैन, त्यसरी नै प्रशंशा या आलोचना ले महान व्यक्तिहरुलाई केहि फरक पार्दैन ।
 
१७. एक हजार वर्षसम्म बिना ध्यानसाधना गर्नुभन्दा जीवनमा एकदिन समझदारीसंग जीउनु उत्त्तम मानिन्छ ।