भारतीय प्रधानमन्त्री मोदी मंसिरमा नेपाल आउँदै ! भ्रमण राजकीय

आश्विन ०८,२०७५

-

८ असोज २०७५  काठमाडौं । 
 
 
काठमाडौं ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो नोभेम्बर अर्थात मंसिर महिनामा नेपालको भ्रमणमा आउन सक्ने भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । काठमाडौंस्थित भारतीय दूतावासको स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार उनी मंसिरको १२ वा १३ अर्थात नोभेम्बर २८ वा २९ मा नेपाल आउन सक्नेछन् ।
 
 
भारतीय प्रधानमन्त्री मोदी गएको अगष्ट महिनामा काठमाडौंमा सम्पन्न बिम्स्टेकको शिखर सम्मेलनमा भाग लिन नेपाल आएका थिए ।  समाचारमा जनाइएअनुसार उनको भ्रमण राजकीय हुनेछ । तिथी केही अघि वा पछि हुन पनि सक्ने काठमाडौंस्थित भारतीय दूतावासका एक उच्च अधिकारीलाई उद्धृत गर्दै जनाइएको छ । नोभेम्बरमा हुने भ्रमणमा उनले गौतम बुद्धको जन्मस्थान लुम्बिनीको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । मोदी प्रधानमन्त्री भइसकेपछि यसअघि चारपटक नेपालको भ्रमण गरिसकेका छन् ।
 
 
नेपालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीपछि पनि यो उनको तेस्रो भ्रमण हुन लागेको हो । बाह्रखरी