राधाकृष्णको प्रेम जीवात्मा र परमात्माको मिलन हो !

आश्विन ०८,२०७५

-

८ असोज २०७५ काठमाण्डौ l 
 
 
जब प्रेमको उदाहरण दिइन्छ तब श्रीकृष्ण र राधाको प्रेम प्रसंग सबैभन्दा पहिला आउँछ । राधा कृष्णको प्रेमलाई जीवात्मा र परमात्माको मिलनको रुपमा धर्मशास्त्रमा व्याख्या गरिएको छ ।
 
श्रीकृष्ण र राधाको बाल्यकाल देखिनै प्रेम थियो । श्रीकृष्ण जब ८ वर्षका थिए तब दुबै जनामा प्रेमको अनुभूति भएको थियो । राधा र कृष्णमा दैवीय गुण थियो । उनीहरुले जिन्दगी भरी आफ्नो मनमा प्रेमको स्मृति बनाएका थिए । यो नै उनीहरुको सम्बन्धको सबैभन्दा राम्रो पक्ष हो । 
 
 
भनिन्छ, श्रीकृष्णलाई केवल दुई चीजमा सबैभन्दा धेरै प्रेम थियो । यी दुबै चीज आपसमा गहिराइसंग जोडिएका थिए । ती हुन्, बाँसुरी र राधा । कृष्णको बासुरीको धुन नै थियो जसले राधालाई श्रीकृष्ण तर्फ आकर्षित गरेको थियो । राधाकैै कारण श्रीकृष्णले बाँसुरी संधैै आफैं संग राख्दथे । श्रीकृष्ण र राधाको मिलन हुन नसकेपनि श्रीकृष्णको बाँसुरीले उनीहरुलाई संधै एकै सूत्रमा बांधेको थियो । 
 
श्रीकृष्णको जतिपनि प्रतिमा पाइन्छन् त्यसमा बाँसुरी सबैमा देखिन्छ । जो राधासँगको प्रेमको प्रतीक थियो । कृष्णका कयौं लिला र राधासँगको प्रेमप्रसंग बारे कृष्ण चरित्रहरुमा उल्लेख गरिएको छ । 
 
 
त्यस्तै एक प्रसंग यहाँ उल्लेख गरिँदै छ-
 
राधालाई छोडेर रुक्मिणीसंग श्रीकृष्णको विवाह !
 
 
भगवान श्रीकृष्णसँग राधा पहिलो पटक त्यतिबेला अलग भइन् जब मामा कंसले बलराम तथा कृष्णलाई आमन्त्रित गरेका थिए । वृन्दावनका मानिस यो खबर सुनेर निकै दुखी भएका थिए । मथुरा जानुभन्दा अघि श्रीकृष्णले राधासँग भेट गरेका थिए । राधाले कृष्णको मनमा चलिरहेको हरेक गतिविधीलाई थाहा पाउँथिन् । राधासँग बिदा मागरे श्रीकृष्ण मथुरा गए । 
 
 
कृष्ण राधासँग प्रतिज्ञा गरेर गएका थिए कि उनी फर्किएर आउँनेछन् । तर मथुराबाट श्रीकृष्ण फर्किएर आएनन् । उनी राधाको नजिक भएनन् । विभिन्न परिस्थितिका कारण कृष्णको विवाह पनि रुक्मिणीसँग भएको थियो । रुक्मिणीले पनि श्रीकृष्ण पति पाउनका लागि निकै उपासना गरेकी थिइन् । 
 
 
श्रीकृष्णसँग विवाह गर्नका लागि उनी आफ्ना भाई रुक्मी विरुद्ध उभिएकी थिइन् । राधा जस्तै उनी पनि श्रीकृष्णसँग प्रेम गर्थिन् । रुक्मिणीले श्रीकृष्णलाई एक प्रेमपत्र पनि पठाएकी थिइन् । उनले आफूलाई लिएर जान श्रीकृष्णलाई आग्रह गरेकी थिइन् । पछि श्रीकृष्ण रुक्मिणीलाई लिन गए र विवाह गरे । 
 
 
राधाको मृत्यु !
 
 
कृष्णले वृन्दावन छाडेसँगै राधाको चर्चा कम भएको थियो । राधा र कृष्णबीच जब अन्तिमपटक भेट भयो (कंस वधभन्दा अघि) तब राधाले कृष्णसँग उनी टाढा जान लागेको भएपनि आफ्नो मन कृष्णसँग हुने बताएकी थिइन् । यसपछि कृष्ण मथुरा गएका थिए l कंस र बाँकी राक्षसलाई मार्ने आफ्नो काम पूरा गरे । यसपछि आफ्ना प्रजाको रक्षाका लागि कृष्ण द्वारिका गए र द्वारकाधीशको नाममा लोकप्रिय भए ।
 
 
जब कृष्ण वृन्दावनबाट गएका थिए तब राधाको जिन्दगीले अर्कै मोड लिएको थियो ।  राधाले आफ्नो दाम्पत्य जीवनको सबै प्रक्रिया निभाइन् र बुढी भइन् तर उनको मन त्यति बेला पनि कृष्णका लागि समर्पित थियो । राधाले पत्नीको रुपमा आफ्नो सबै कर्तव्य पूरा गरिन्, अर्को तर्फ श्रीकृष्णले आफ्नो दैवीय कर्तव्य निभाए । सबै कर्तव्यबाट मुक्त भएपछि राधा अन्तिममा आफ्ना प्रियतम कृष्णसँग भेट्न गइन् । जब उनी द्वारका पुगिन् उनले कृष्णको रुक्मिणी र सत्यभामासँग विवाह बारेमा सुनिन् तर उनी दुखी भइनन् । 
 
 
जब कृष्णले राधालाई देखे तब निकै खुसी भए । दुबैले इसाराको भाषामा एक अर्कासँग कुरा गरे । राधालाई कन्हैयाको नगरी द्वारिकामा कसैले पनि चिन्दैन थिए । राधाको अनुरोधमा कृष्णले उनलाई महलमा एक देवीको रुपमा नियुक्त गरेका थिए । राधा दिनभर महलमा बस्थिन् । उनी महलसँग सम्बन्धित काम हेर्थिन् ।
 
 
तर महलमा राधाले श्रीकृष्णको साथ पहिलाको जस्तो आध्यात्मिक आत्मियता महसूस गरिनन् । यसकारण राधा टाढा जान लागेकी थिइन् । उनले सोचिन् कि उनी टाढा गएर अर्कोपटक श्रीकृष्णसँग गहिरो आत्मीय सम्बन्ध स्थापित गर्न पाउनेछिन् ।
 
 
उनलाई थाहा थिएन कि उनी कहाँ जाँदै छिन् । तर भगवान श्रीकृष्णलाई भने यो सबै कुरा थाहा थियो । समय बित्दै जाँदा राधा एक्लै परेकी थिइन् र  कमजोर भएकी थिइन् । त्यस समय उनलाई भगवान श्रीकृष्णको आवश्यकता परेको थियो । अंतिम समयमा भगवान श्रीकृष्ण उनको अगाडि आए । कृष्णले राधासँग केही माग्न अनुरोध गरे तर राधाले मानिन् । कृष्णले फेरि अनुरोध गरे त्यतिबेला उनले कृष्णसँग अन्तिमपटक बाँसुरी बजाएको देख्न चाहेको बताइन् । श्रीकृष्णले बाँसुरी लिए र निकै सुरीलो धुन बजाए । 
 
 
श्रीकृष्णले कयौं दिन–रात बाँसुरी बजाए, त्यतिबेलासम्म राधा आध्यात्मिक रुपमा कृष्णमा विलिन भएकी थिइन् ।  बाँसुरीको धुन सुन्दा–सुन्दै राधाले आफ्नो शरीरलाई त्याग गरेकी थिइन् । भगवान कृष्णलाई थाहा थियो कि उनको प्रेम अमर हो तर पनि कृष्णले राधाको मृत्युलाई स्वीकार गर्न सकेनन् । कृष्णले प्रेमको प्रतिकात्मक अन्त्यको रुपमा बाँसुरीलाई तोडेर झाँडीमा फालिदिए । त्यसपछि जीवनभर श्रीकृष्णले बाँसुरी बजाएनन् ।
 
 
धर्मशास्त्रहरुका अनुसार जब द्वापर युगमा भगवान विष्णुले श्रीकृष्णको रुपमा जन्म लिएका थिए तब लक्ष्मीले राधा रानीको रुपमा जन्म लिएकी थिइन् ताकि मृत्यु लोकमा पनि विष्णुको साथ रहन सकियोस् ।