बलिउड अभिनेत्री शिल्पामाथि कसले गर्‍यो अस्ट्रेलियामा दुर्व्यवहार

आश्विन ०८,२०७५

-

८ असोज २०७५ काठमाण्डौ l 
 
 
 
अस्ट्रेलियाको सिड्नीबाट मेलबर्न यात्राको क्रममा शिल्पाका साथ आपत्तिजनक व्यवहार भएको हो । शिल्पाले आफूमाथि भएको दुर्व्यवहारको जानकारी इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।
 
 
शिल्पाका अनुसार विमानस्थलको चेक जाँच काउन्टरमा मेल नाम गरेकी एक महिला अधिकारीले उनीमाथि अभद्र व्यवहार गरेकी थिइन् । शिल्पाले दुईबटा ह्यान्ड व्याग लगेकी थिइन् । जुन नियम अनुसार पाइने थियो । तर ति महिलाले शिल्पालाई दुईवटा व्याग ल्याएको भन्दै दुर्व्यवहार गरेकी थिइन् ।
 
 
उनले सामान चेक जाँच गर्दा समय धेरै लागएको र ती महिलाले अपशव्द बोलेको आरोप लगाएकी छिन्। यस बारेमा विमानस्थलका अधिकारीलाई जानकारी गराउँदा उल्टै उनीहरु शिल्पा विरुद्ध खनिएका थिए । शिल्पाले व्यागसहित विमानस्थलमा बसेको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।