लुका मोड्रिच बने फिफा वर्ष खेलाडी

आश्विन ०९,२०७५

-

  असोज ९, २०७५ काठमाडौँ ।
 
रसिया विश्वकपमा क्रोएसियालाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका लुका मोड्रिच फिफा वर्ष खेलाडी भएका छन् । 
 
उनले क्लब फुटबलमा रियल मड्रिडमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मंगलबार बिहान घोषणा गरेको अवार्डमा  मोड्रिचले क्रिष्टियानो रोनाल्डो र मोहमद सलाहलाई उछिन्दै फिफा द वेष्ट अवार्ड जितेका हुन् । 
 
लण्डनको रोयल फेस्टिबल हलमा विशेष समारोहकाबीच फिफाले मोड्रिचलाई वर्ष खेलाडी अवार्ड प्रदान गरेको हो । सन् २००७ यता लियोनल मेसी र रोनाल्डोले यो अवार्ड जित्दै आएकोमा ११ वर्ष पछि नयाँ खेलाडीले यो अवार्ड जितेका हुन् । मेसी  र रोनाल्डोले यो अवार्ड पाँच पाँच पटक जिति सकेका छन् ।
 
 
 
फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकारको मतको आधारमा वर्ष खेलाडी चयन गर्छ ।
 
रुस विश्वकपमा पनि उत्कृष्ट खेलाडी बन्दै मोड्रिचले गोल्डेन बल जितेका थिए । मोड्रिच यसै वर्ष युरोपियन वर्ष खेलाडी पनि घोषित भएका थिए । फिफा वर्ष खेलाडी जितेपछि मोड्रिचले सपना पूरा भएको बताए । मोड्रिचले यो अवार्ड टिमका सबै सदस्यहरुको सहयोगले पाउन सफल भएको समेत बताएका छन् ।