प्रदीप र जसिताको सिनेमा लव स्टेशनको मुहर्त

आश्विन ०९,२०७५

-

९ असोज २०७५ काठमाण्डौ l
 
 
काठमाडौं । चलचित्र ‘लभ स्टेशन’को शुभ मुहुर्त गरिएको छ ।  अभिनेता प्रदीप खड्का र नायिका जसिता गुरुङ स्टारर चलचित्र ‘लभ स्टेशन’को सोमबार शुभ मुहुर्त गरिएको हो ।  छायांकन भने दार्जिलिङबाट शुक्रबारदेखि शुरु हुनेछ । उज्वल घिमिरेले निर्देशन गर्ने चलचित्र दार्जीलिङसँगै कालिङपोङ, सिक्किमसँगै इलामको फिक्कलमा पनि हुनेछ । 
 
चलचित्रमा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ । पारिवारिक प्रेमकथामा आधारित चलचित्र ‘लभ स्टेशन’मा शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ ।