यस्ता छन् तुलसी सेवनको चमत्कारिक फाइदा

आश्विन ०९,२०७५

-

९ असोज २०७५ काठमाण्डौ l 
 
 
 
काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको प्राय: घरमा तुलसीको मठ हुन्छ । तुलसी धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ । साथै यसको पूजा पनि गरिन्छ । धार्मिक काममा प्रयोग हुने तुलसी मानव स्वास्थ्यका लागि लाभकारी हुन्छ । तुलसीमा औषधिको गुण हुन्छ । दिनहुँ तुलसीको पात सेवन गरेमा केही बिमारीबाट बच्न सकिन्छ ।
 
तुलसीका फाइदाहरु-
 
तुलसी सेवनले निमोनिया लाग्नबाट बचाउँछ । यदि तपाईलाई चिसो लागेको छ भने पनि कफ निकाल्न सहयोग गर्छ । यसले छातीको दुखाई पनि कम गराउँछ ।
 
तुलसीको सेवनले ज्वरोको समस्या देखा पर्दैन । निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चामा पानीमा घोलेर केहि दिन पिएमा त्यसले निकै फाइदा गर्छ ।
 
मुटु रोग भएका मानिसहरुले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नु उत्तम मानिन्छ । ‍
 
घाउ खटिरा आउँदा पनि तुलसीले राम्रो काम गर्छ । घाउ भएको ठाउँमा तुलसीको पात र बेसारलाई मिसाएर लगाउँदा चाँडै निको हुन्छ ।
 
यसले मुखको दुर्गन्ध हटाउन सहयोग गर्छ । नियमित रुपमा बिहान तुलसीको पात खाएमा मुखको दुर्गन्ध हटाउँछ ।
 
यसको सेवनले शीघ्र स्खलन, स्वप्न दोष तथा यौनजन्य रोगबाट टाढा राख्न मदत गर्छ । यसका लागि तुलसीको पात, डाँठको रस आदिमा मह मिसाएर पिउनुपर्छ ।
 
 
 
यसले शरीरमा प्रतिरोधक क्षमता बढ़ाउंछ । त्वचा रोगबाट सम्बन्धित विकार टाढा हुने गर्दछ । काडापानीमा तुलसीको पत्ति हालेर पिएमा कफ, खोकी तथा रूघालाइ आराम पुर्याउँदछ । एक कप चियामा तुलसीको चार पत्तिहरू प्रयोगमा ल्याउन सकिन्छ । यसको पातलाइ कहिल्यै त्यतिकै चपाउनु हुँदैन यसलाइ त पानीमा राखेर पिउनु पर्दछ, किभने यसको पातमा पारो को एक माथिल्लो परत हुन्छ, जसले तपाइँको दातको इनामेलको लेयरलाइ हानी पुर्याउन सक्दछ ।
 
 
शरीर आलस्य भैरहेको छ भने वा ज्वरो आउन लागेको छ भने पुदीनाको रस र तुलसीको रस बराबर मात्रामा मिलाएर त्यसमा केही सख्खर हालेर पिउनाले आराम मिल्दछ । दाँतमा किरा लाग्यो भने तुलसीको रसमा कपूर मिलाएर कपासमा भिजाएर लगाएमा आराम हुन्छ । यति बहुउपयोगी तुलसीलाइ हामी पनि आजैदेखि प्रयोगमा ल्याउने हो कि !