जहाँ गधाको बिहे पनि धुमधामसंग भयो !

आश्विन ०९,२०७५

-

९ असोज २०७५ काठमाण्डौ l
 
 
तपाईंले धेरै मानिसलाई विवाह गरेको देख्नु भएको छ, तर के तपाईंले कहिल्यै जनावरहरूको विवाह देख्नुभएको छ ? आज हामी तपाईहरुलाई गधाको विवाहको बारेमा जानकारी दिदैछौं ।यस्तो रोचक द्श्य कर्नाटक को होरा गाँउमा भेटिएको थियो जहाँ गाउँलेहरुले गधाको विवाह धुमधामसँग गरेका छन् । यो अनौठो विवाह हेर्न ठुलो संख्यामा गाउँलेहरुको भिड लागेको थियो ।
 
यो भनिएको छ कि दुलाहा गधा जम्मा चार वर्षको भएको छ। गाउँलेहरुले यो विवाहलाई ठूलो उत्सव बनाए । पुजारीलाई बोलाएर विधिपुर्वक विवाह सम्पन्न गरिएको हो । दुलहीलाई नयाँ कपडा लगाइयो । गधाले गधेनी अर्थात दुलहीलाई मंगलसूत्र पनि लगाइदिएको छ । सबै अतिथिहरूलाई मिठाई ख्वाइएको थियो र मान्यजनहरुले गधाको वैवाहिक सफल जिवनको लागि आशिष पनि दिएका छन ।
 
गाउँलेका अनुसार यो गधा केही दिन देखि धेरैं आक्रामक ढंगले व्यवहार गरिरहेको थियो । वास्तवमा उसँग पहिले साथीको रुपमा गधा थियो जसको साथ उ धेरै खुसी थियो । जुलाईमा एक चितुवाले गधालाई मार्यो त्यसपछि गधा हिंस्रक भयो । गधालाई शांत गर्न गाउँलेहरुले उसको दोस्रो विवाह गरेका हुन् ।