दशैँलाई सर्वसाधारणले २१ गतेदेखि नयाँ नोट साट्न पाउने

आश्विन ०९,२०७५

-

 
असोज ९,२०७५ काठमाडौं ।
 
नेपाल राष्ट्र बैंकले यस वर्ष पनि दशैलाई लक्षित गर्दै १३ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट निष्काशन गरेको जनाएको छ । 
 
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले ५, १०, २०, ५० र १०० दरका नोट १३ अर्ब रुपैयाँभन्दा बढी सटही प्रयोजनका लागि निष्काशन गरेको जनाएका हुन् । 
 
गत वर्ष १२ अर्ब रुपैयाँ जति निष्काशन गरेकोमा यसवर्ष १३ अर्ब रुपैयाँ भन्दा बढी रहने बताए ।  नेपाल राष्ट्र बैंक थापाथली, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका काठमाडौँ विभिन्न ठाउँका झण्डै १६ शाखा मार्फत नयाँ नोट सर्वसाधारणले पाउनेछन् ।  
 
सर्वसाधारणलाई वितरण गरिने सो रकम बैंकले भने १२ गते ९शुक्रबार० देखि पाउँनेछन् । सर्वसाधारणले भने २१ गतेसम्म कुनुपर्नेछ । 
 
काठमाडौँ बाहिरबाट पनि सरकारी नोटकोष भएको बैंकबाट नयाँ नोट वित्तरण गरिने निरौलाले भने । प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकको तयारी छ । 
 
यता ५०० र हजार दरका नोट भने भुक्तानी प्रयोजनका लागि हुन्छ । यस्ता नोट भने गत वर्षको दशैको समय पारेर ५० अर्ब रुपैयाँजति निष्काशन गरेको थियो । 
 
पहिला ५–१० का नोट बढी जाने गरेकोमा पछिल्लो समय ५० रुपैयाँको नोटको माग बढी हुने गरेको निरौलाले जनाए ।