आफैंभित्र रहेको खुशी कसरी खोज्ने ?

आश्विन ११,२०७५

-

११ असोज २०७५ काठमाण्डौ l 
 
 
 
जो कोही खुशी रहन चाहन्छ । तैपनि जहिल्यै पनि मुस्कुराईरहन या खुशी भइरहन सम्भव हुँदैन् । खुशी रहन नसक्नुको कारण तनाव या केहि अन्य कारण  हुनसक्छ । खुशी खोज्नको लागि कहीं अन्य ठाउँमा जानु आवश्यक छैन ।ख़ुशी आफैंभित्र छ । सकारात्मकता र सकारत्मक विचारको स्रोतले नै मुश्किल समयमा खुशी रहन सहयोग गर्छ ।
 
अहिलेको समयमा बढी व्यस्तताको कारणले र बढी महत्वकांक्षाको कारणले गर्दा खुशी रहन सकिरहेको छैन । मानिसहरु बाहिरी चिजमा खुशी खोजिरहेका  हुन्छन्, तर खुशी आफैं भित्रबाट आउँछ ।
 
यदि आफु साँच्चै खुशी रहनु चाहनुहुन्छ भने सबैभन्दा महत्वपुर्ण कुरा यो हुन्छ कि कुनै पनि बाहिरी चिजबाट खुशी तब सम्म प्राप्त हुँदैन जब सम्म आफुले भित्र मनैबाट महशुस गर्न सकिदैन । खुशी रहनको लागि सबैभन्दा पहिला आफुभित्र दुब्न सिक्न आवश्यक छ । साथै बाहिरी प्रभावहरुबाट पनि बच्नुपर्छ । भित्रैबाट खुशी रहनको लागि के गर्ने ?
 
आफैंसँग सकारात्मक कुरा गर्ने
 
आफैं भित्र खुशी खोज्नको लागि सबैभन्दा पहिले आफुलाई नै खुशी रहनुपर्छ भन्ने कुरा याद राख्नु जरुरी हुन्छ । कहिलेकाहीं आफैसँग पनि कुरा गर्नुपर्छ । जब हामी नकारात्मक परिस्थितिबाट गुज्रिरहेको हुन्छौं तब आफैसँग कुरा गर्ने गर्नुपर्छ l 
 
तनावबाट बच्ने 
 
नराम्रो परिस्थितिमा भएको बेला केहि समयको लागि त्यसबाट बाहिर आउने कोसिस गर्ने, नकारात्मक विचारहरुलाई आफ्नो दिमागमा आउन नदिने र सकारात्मक कुराको बारेमा मात्र सोच्ने ।
 
आफैंंलाई प्रश्न सोध्ने
 
आफुभित्र खुशी खोज्नको लागि सबैभन्दा पहिला आफुले बुझ्नु जरुरी छ कि मेरो लागि खुशीको मतलब के हो ? तिनै कुराको बारेमा सोच्नुपर्छ जुन कुराले आफुलाई खुशी दिन्छ । आफ्नो जीवनमा खुशीको महत्व बुझ्ने कोसिस गर्ने ।
 
भौतिक कुरामा खुशी नखोज्ने
 
नँया घर, नँया गाडी, पैसा या कुनै महँगो कुराले खुशी दिनु स्वाभाविक हो तर यो खुशी अस्थायी हुन्छ । साँच्चै नै भित्रैबाट खुशी रहनको लागि तिनै कुरामा ध्यान केन्द्रित गर्नुपर्छ जुन कुराले आत्मालाई खुशी दिन्छ । सार्थक कुरामा खुशी पाउनु महत्वपुर्ण हुन्छ, भौतिकवादमा होइन ।
 
ध्यान  गर्ने
 
आफ्नो विचारहरुलाई व्यवस्थित गर्न एकदमै महत्वपुर्ण हुन्छ । ताकि आफु खुशी रहनको लागि कुशल तरिकाले उपयोग गर्न सकियोस् । ध्यान गर्दा शान्त र सुखद विचारलाई ध्यान केन्द्रित गरेर गर्दा खुशी रहनको लागि सहयोग गर्छ ।