घरमै अनावश्यक रौंहरुलाई कसरी हटाउने ?

आश्विन ११,२०७५

-

 ११ असोज २०७५ काठमाण्डौ l 
 
 
 
प्राय: स्विमसुट लगाएर पौडी खेल्न जादाँ यौनाङ वरिपरीका रौंहरु देखिएर लज्जित हुनु पर्ने डर धेरैलाई हुन्छ । यस्तै स्लिभलेस लुगा लगाउदा काखी र पाखुराको रौं देखिने, स्कर्ट लगाउंदा खुट्टाको रौंं देखेर कसैले घृणा गर्छन् कि भन्ने चिन्ता पनि रहन्छ । यस्ता किसिमका समस्यालाई हटाउन ब्यूटिपार्लर गएर वाक्सिङ गर्न पनि सकिन्छ । तर यो कार्य नियमित गर्नु पर्दा आर्थिक रुपमा खर्चिलो पनि हुने गर्छ भने सबै महिलाहरुले यो आर्थिक भारलाई ब्योहर्न पनि सक्दैनन् । यस्तो अवस्थामा आफैंले घरमै वाक्स बनाउन सकेमा आफुलाई लज्जित गर्न सक्ने भागका रौंहरुलाई सजलै हटाउन पनि सकिन्छ । 
 
वाक्सिङ किट खरिद
 
अहिले बजारमा महिलाहरुको यही समस्यालाई समाधान गर्न धेरै कम्पनीहरुले वाक्सिङ किटहरुलाई बजारमा ल्याएका छन् । त्यसैले राम्रो ब्राण्डको वाक्सिङ किटलाई मात्र प्रयोग गर्नु राम्रो मानिन्छ ।
 
वाक्स सफ्ट र हार्ड दुई किसिमको पाईन्छ । काखिको रौंहरु मुलायम हुने हुनाले यो भागको रौंहरुलाई हटाउने हो भने सफ्ट वाक्स लिनु पर्छ । यदि यौनाङ्ग वरिपरीका रौंहरुलाई हटाउने हो भने हार्ड किसिमको लिनु पर्छ । किनकी यो भागको रौं काखीको तुलनामा कडा हुने गर्छ ।
 
यस्ता वाक्सहरु किन्दा आफ्नो छालालाई पनि ध्यान दिने गर्नुपर्छ । यदी छाला धेरैनै संवेदनशिल छ भने मोश्चराईजर भएको वाक्स लिनु राम्रो हुन्छ । यस्ता वाक्सको बट्टामा यसको प्रयोग विधिलाई पनि स्पष्ट रुपमा लेखिएको हुन्छ । त्यसैले प्रयोग गर्नु भन्दा अगाडी त्यसमा दिईएको निर्देशनहरुलाई राम्ररी पढ्नु राम्रो हुन्छ । 
 
घरमै बनाउने तरिका
 
यदि तपाईलाई बजारमा पाईने वाक्सहरु मन पर्दैन वा त्यस्ता वाक्सहरुले शरीरको छालामा नकारात्मक प्रभावहरु पारेको महसुस भएमा तपाईहरुले घरमै पनि वाक्स बनाउन सक्नुहुन्छ । यसका लागि २ कप चिनी, २ चम्चा कागतीको रस, २ चम्चा सुन्तलाको रस र १ चम्चा भिनेगरलाई राम्ररी मिसाउनुहोस् र केही पानी हालेर उमाल्नुहोस् । 
 
उम्लिएपछि आगोको रापलाई केही कम गरेर चलाउँदै पकाउनुस् । यसरी पकाउंदा उक्त घोल सुनौलो रंगमा परिणत हुदैंजान्छ अनि त्यो पकाएको भाडोलाई बाहिर निकाल्नुहोस् । करिव २० मिनेट सेलाउन दिएपछि त्यो मिक्चरमा चिपचिपापन बाक्लो रुपमा रहेको छ भने त्यो तयार भएको संझनुहोस् ।
 
ध्यान दिनु पर्ने कुराहरु
 
वाक्सलाई आफ्नो छालाले सहन सक्ने जति मात्र सेलाउन दिनुपर्छ । धेरै सेलाएको खण्डमा यसले चाहे जति काम गर्न सक्दैन भने धेरै तातो भएमा छालालाई पोल्ने समस्या पनि रहन्छ ।
 
महिनावारी भएको समयमा महिलाहरुको छाला अरु बेलाको तुलनामा केही बढी संवेदशिल हुने गर्छ । त्यसैले महिलाहरुले आफ्नो महिनावारी हुनुभन्दा ४–५ दिन अगाडी र महिनावारी भएको २–३ दिन पछि मात्र विकिनी क्षेत्र (यौनाङ्ग वरीपरी) मा वाक्स गर्न सकिन्छ । 
 
विकिनी वाक्स गर्नु भन्दा अगाडी तपाईलाई योगका केही आसनहरु आउंछ भने त्यो गर्नु पनि राम्रो हो । यस्ता किसिमका कसरतले शरीरका छालाहरुलाई तन्काउन मद्दत गर्छ । जसको कारण वाक्स गर्दा पिडा कम हुन्छ ।
 
पहिला वाक्स गर्दा बचेको वाक्सलाई पून प्रयोग गर्नु भन्दा नयाँ वाक्सवाटै वाक्सिङ गर्नु स्वास्थको दृष्टिकोणले राम्रो मानिन्छ । यदी साथीहरुसंग मिलेर वाक्सिङ गर्दै हुनुहुन्छ भने वाक्स राख्ने भाडा पनि अलग्गै गर्नु राम्रो हुन्छ । 
 
कसरी गर्ने वाक्स
 
तयार भएको वाक्सलाई आफुले हटाउन चाहेको रौं रहेको भागको थोरै भागमा लामो हुने किसिमले लगाउने । यसरी लगाउदा वाक्सले छालालाई छुने गरेर लगाउनु पर्छ । यसरी लगाएको १०–१५ सेकेण्डमा वाक्सको छेउ पट्टिवाट कोट्याएर एकै पटक तान्ने । यसरी तान्दा केही दुखेपछि उक्त भागमा बेबी आयल वा मोश्चराईजर लगाउंदा छालामा दानाहरु आउदैन । यो कार्य बिस्तारै बिस्तारै गर्दै आफुले हटाउन चाहेको भागमा गर्दै जानुपर्छ । 
 
वाक्सिङ गरेपछि पिडा भएमा 
 
वाक्सिङ गरेको भागमा धेरै नै पिडा भएमा टि ब्यागको पनि प्रयोग गर्न सकिन्छ । टि ब्यागलाई पानीमा उमाल्ने र त्यसलाई चिसो हुन दिने । चिसो भैसकेपछि वाक्स गरेको भागमा हल्का रगड्दा केही क्षणमै आराम हुन्छ ।  वाक्सिङ गरेर धेरै नै पिडा भएको छ भने वरफको टुक्रालाई कुनै सफा कपडाले बेरेर दुखेको भागमा हल्कासंग रगड्दा आराम हुन्छ ।
 
वाक्सिङ गरेर पिडा भएको अवस्थामा ध्यूकुमारीको चोपले पनि राहत दिन्छ । यसलाई पनि प्रयोग गरेर जलनको पिडालाई कम गर्न सकिन्छ ।