धर्मशास्त्र अनुसार : यी हुन् नारीमा हुनुपर्ने ३२ लक्षणहरु

आश्विन १६,२०७५

-

१६ असोज २०७५ काठमाण्डौ l
 
 
हिन्दु धार्मिक परम्पराअनुसार विवाहका बेला वर वधुको चिना मिलाउँदा युवती (महिला) को लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी बत्तीस लक्षण भएकी युवतीलाई सर्वश्रेष्ठ मानिन्छ । धर्मशास्त्रअनुसार पनि ‘बत्तीस लक्षणले सम्पन्न’ नारीबारे उल्लेख गरिएको हुन्छ । धेरैलाई थाहा नहुनु सक्छ, महिलामा हुनुपर्ने बत्तीसवटा लक्षणहरु के-के हुन् भनेर । यो आलेखमा महिलामा हुनुपर्ने बत्तीस लक्षणहरु बारे उल्लेख गरिएको छ ।
 
 
१. पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ।
२. हातका औंंला लामा–लामा हुनु ।
३. औंंलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।
४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।
५. शरीरमा विभिन्न सात सुगन्ध हुनु ।
६. हरिणका जस्ता फिला हुनु ।
७. गुप्ताङगहरु गुप्त रहनु ।
८. शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।
९. शरीरका सम्पूर्ण अङगहरु सुगठित हुनु ।
१०. काँध पुष्ट, चौडा र गोलो हुनु ।
११. पाखुरा राम्ररी फर्कने हुनु ।
१२. पाखुरा लामा हुनु ।
 
 
१३. सम्पुर्ण शरीर तेजोमय हुनु ।
१४. शंख समान घाँटी हुनु ।
१५. सोझो र सिंहको जस्तो चिउँडो हुनु ।
१६. बत्तीसवटा दाँत हुनु ।
१७. चम्किला र टमक्क जोडिएका दाँत हुनु ।
१८. समान मिलेका दाँत हुनु ।
१९. बंगारा स्वच्छ र सुन्दर हुनु ।
२०. जिब्रो लामो हुनु ।
२१. विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।
२२. पातलो (सुरिलो) स्वर हुनु ।
२३. विभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु ।
२४. कुरा (बाचा) मा अडिग रहनु ।
 
 
२५. आँखीभौंंका बीच रौंं कोमल हुनु ।
२६. मिलेको कपाल हुनु ।
२७. अल्छी नहुनु ।
२८. अरुलाई चांंडै प्रभावमा पार्नसक्ने क्षमता हुनु ।
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौंं हुनु ।
३०. चमक्क चम्किने केश हुनु ।
३१. स्वभाव लजालु हुनु ।
३२. दृृढ आत्मविश्वास हुनु ।