अब्राहम लिंकनको सहृदयता !

आश्विन १८,२०७५

-माधव प्रसाद गर्तौला

१८ असोज २०७५ काठमाण्डौ l 

 

संयुक्त राज्य अमेरिकाको राष्ट्रपति अब्राहम लिंकन विश्वकै महानतम व्यक्तिहरुमध्ये एक हुन् l राष्ट्रपति बन्नुभन्दा पहिले पनि उनि धेरै लोकप्रिय नेता थिए l उनले संधै जनमतको आदर गर्थे l साधारण भन्दा साधारण व्यक्तिको पनि राम्रो सुझावलाई स्वीकार गर्नेमा उनलाई कुनै संकोच हुँदैनथ्यो l

 

सन् १८६० को कुरा हो l ग्रेस नामक ११ वर्षिया बालिकाले आफ्नो पिताको कोठामा टांगीएको लिंकनको तस्बीरमा दार्ही बनाई दिईन् l पिता धेरै क्रोधित भए तर ग्रेसले भनिन् कि लिंकन को अनुहारमा दार्ही भयो भने उनि धेरै राम्रो हुन्थे किनकि उनि दुब्लो-पातलो छन् l

 

ग्रेसले निश्चय गरिन् कि लिंकनलाई दार्ही राख्नको लागि पत्र लेख्नेछिन् l उसले लिंकनलाई पत्रमा लेखिन्- “किनकि तपाईं दुब्लो-पातलो हुनुहुन्छ त्यसैले यदि तपाईंले दार्ही राख्नुभयो भने ज्यादा सुन्दर देखिनुहुनेछ र तपाईंको समर्थकहरुको संख्या पनि बढ्नेछ” l

 

लिंकनले ग्रेसको यस सुझावको लागि धन्यवादको पत्र पठाए l केही दिनपछि उनि जब ग्रेसको नगरमा पुगे तब सबैले उनको स्वागत गरे l उनले ग्रेससंग भेट्ने इच्छा प्रगट गरे l

 

ग्रेससंग भेटेपछि उनले धेरै मायाले उसलाई गला लगाए र भने- “प्यारी छोरी, हेर मैले तिम्रो सुझाव मानेर दार्ही राखें” l सानी ग्रेस खुशीले प्रफुल्लित भईन् l

 

पछि गएर लिंकनको दार्ही उनको ख़ास पहिचान बन्यो l एक सानी बालिकाको सुझावलाई पनि यति धेरै महत्व दिनेवाला लिंकन अमेरिकाको केही थोरै राष्ट्रपतिहरुमा गिनिन्छन् जसको सम्मान पूरै दुनियाँले गर्दछ l

 

यो पनि पढ्नुहोस्- ‘वास्तविक साधु’ बोधकथा !