कथा

आँखिर कहिले सम्म

बैशाख २७,२०७४

-बिनिता सिवाकोटी

 

सरीता एक एकल नारी हुन। पति को मृत्यु पछी उिन आफ्नो ८ बर्षे छोरा सहित एउटा कलेजको क्यान्टीन चलाएर बस्छिन । आफ्नो र छोराको दैनिकी चलाउन र छोराको उज्जवल भविष्यको लागी उिन दिनरात मेहेनत गर्छिन।बीहानै उठेर विधार्थिका लागी खाजा तैयार गर्छीन। कलेजमा कतीबाट मानसम्मान पनी पाएकी छीन भने केही बिधार्थी र सरहरुको गिद्धेनजर बाट पनी उनी बच्न सकेकी छैनन्। सरहरु खाजा खानेनिहु गरि उनको नजिक आउने ,हात समाउन खोज्ने त कहिले तलदेखी माथी सम्म घुरेर हेर्छन । उनी त्यो नजर र दुर्व्यवहार बाट बच्न धेरै प्रयास पनि गर्छिन् ।यी सबै व्यबहार बाट थकित उनी कसैको सरणमा पनि जानसक्दिनन,उनलाइ एउटै पीरले सताइरहन्छ यो क्यान्टिन पनि रहेन भने छोरा लाई लिएर कहाँ भौतारिने ,के होला उसको भबिस्य ?? त्यसो त उनलाई घर र माइती दुबै तर्फबाट कुनै साथ छैन किनकि उनले परिवार को बिरुद्ध गएर अन्तर्जातिय बिबाह गरेकि थिइन । 
एकरात को कुरा हो ,छोरा लाइ खाना खुवाइ सुताउछिन र आफू पनि सुत्ने तरखर मा हुन्छिन् अचानक ढोकामा ढक ढक आवाज आउछ ।
उनी डराउदै सोध्छिन यतिबेला को हो?? 
को हो यतिराती........सास लामो फेर्छिन र फेरि भन्छिन् हैन को हो ??? 
यति भन्न नपाउदै केहि केटाहरु उनको ढोका नै तोडि भित्र आउछन र सरिता माथी आइलाग्छन,र जवर्जस्ती गर्नथाल्छन ।सरिता ति पापिहरुको प्रतिकार गर्छिन् ,बचाउ...... बचाउ ..... कोहि छ ... बचाउ ...

उनका चीत्कार हावामै उडिरहेका छन र उनी आफुलाई बचाउन एक कुना देखी अर्को कुना दौडिरहेकि छिन अन्तत उनी आफ्नो इज्जत जोगाउन असमर्थ हुन्छिन् !! ती पापिहरुले उनलाइ गिद्द ले जस्तै लुछी लुछी जिउदो लास बनाएर छाडिदिन्छन।

छोरा उठेर रुन थाल्छ, ममि .....मम्मी ... उठ्नुन मम्मी!!!!!

छोरा को आवाज सुनेर उनी उठछिन र छोरा त्यही छाडेर जङ्गल तर्फ लाग्छिन ,र आत्महत्या गर्ने निणय गर्छिन् ।एउटा भिर मा पुगेर हाम्फाल्न लाग्छिन त्यतिबेलै उनको अन्तर्मन बाट आवाज आउछ " सरिता पर्खी त त मर्छेस तर त्यो नाबालक को के हुन्छ ह ? जस्ले पहिलै आफ्नो पिता गुमाइसकेको छ ।अनि कतिन्जेल नारी हरु आफ्नो इज्जत गुमाएर आत्महत्या गर्ने त ?? सुरुवात त बाट हुनुपर्छ ,नारी हिंसा विरुद्ध तैले आवाज उठाउनुपर्छ ,अब त जाग्नुपर्छ र पापिहरुलाइ सजाय दिलाइ सम्पुर्ण पीडित नारिको उद्द्धार गर्नुपर्छ ,अब त सबैको सहारा बन्नुपर्छ "

सरिता झसङ्ग हुन्छिन् ,अब आत्महत्या हैन ती पापिहरुको अन्त्येष्टि गर्ने र समाजमा सम्मानपुर्बक बाच्ने र सबै नारिहरुलाइ न्याय दिलाउने प्रण गर्छिन् र घर तिर लाग्छिन। 
( यो पुरुसवादी समाजमा एक महिला जो एकल छिन उनलाइ हेर्ने पुरुषको नजर किन सधैं गलत हुनेगर्छ)