झिँगाबाट छुटकारा पाउनका लागि अपनाऔं सजिलो उपाय

आश्विन २२,२०७५

-

२२ असोज २०७५ काठमाण्डौ l 
 
 
प्राय: हामी सबैको घर-दैलोमा झिंगा धेरै आउने गरेका हुन्छन् त्यसबाट छुटकारा पाउन हामी अनेक उपाय खोजिरहेका हुन्छौँ । प्रायः गुलियो भएको गर्मी ठाउँमा झिँगा धेरै आउने गर्छ । त्यसबाट बच्न सावधानी अपनाउनुपर्छ । झिँगाबाट फैलन सक्ने रोगबाट बच्न खाने परिकार फ्रिजमा राख्ने गर्नुपर्छ । तर, सबैलाई यो सम्भव नहुन सक्छ । त्यसैले घरमा झिँगाबाट बच्न निम्न उपाय अपनाउन सकिन्छ-
 
 
 
स्याउको जाल
 
 
स्याउको माथिल्लो भाग (बोक्रा) झिँगा भगाउन प्रयोग गर्न सकिन्छ । स्याउको बास्ना झिँगालाई मन पर्ने भएकाले यो उपयोगी हुन्छ । त्यसका लागि स्याउको बोक्रा एक कप तातो पानीमा उमाल्ने र बोतलमा हालेर खुला राख्नुपर्छ । त्यसरी राख्दा आउने झिँगा त्यसमा डुबेर बाहिर निस्कन सक्दैन ।
 
 सडेगलेको फलको जाल
 
 
बिग्रिएको फलफूल झिँगालाई मन पर्छ । त्यस्ता फलफूलको प्रयोगद्वारा झिँगाबाट छुटकारा पाउन सकिन्छ । यसलाई अर्को तरिकाले पनि प्रयोग गर्न सक्नुहुन्छ । एउटा प्लास्टिकमा कुहिएको फलफूल राखेर त्यसमा प्वाल पार्नुपर्छ । यसो गर्दा झिँगा त्यसभित्र पर्छन् र तिनबाट छुटकारा पाउन सकिन्छ ।
 
 वाइन बोतलको जाल
 
 
झिँगा भगाउन वाइनको प्रयोग पनि एउटा राम्रो उपाय हो । पहिलो उपायको स्याउको बोक्राको बास्नाजस्तै झिँगा वाइनको बास्नामा पनि आउने गर्छ । बोतलमा अलिकति वाइन छाडेर बिर्कोे नलगाई राखेर पनि झिँगालाई जालमा पार्न सकिन्छ । यसरी राख्दा झिँगा भित्र छिर्छ र त्यसको समस्याबाट मुक्त हुन सकिन्छ । यदि तपाईंसँग वाइनको बोतल छैन भने प्लास्टिकको झोला वा पेपर कपको प्रयोगले पनि झिँगालाई जालमा पर्र्न सक्नुहुन्छ ।
 
भाँडा माझ्ने साबुनको जाल
 
 
स्याउको बोक्राको रससँगै साबुनको फिँज पनि राख्दा झिँगा आउँदैन । यस्तो झोलको सतहमा साबुनको केही भाग प्रयोग गर्न सकिन्छ । यसो गर्दा झिँगाले पानी खाँदा त्यही पानीमा मर्छ ।