फ्रान्समा आंधीबेरी, ६ जनाको मृत्यु

आश्विन २९,२०७५

-

२९ असोज २०७५ काठमाण्डौ l 
 
 
 
फ्रान्स l दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आँधीबाट अडी नदीमा बाढी आएको र सडकहरु भत्किएका छन् । 
 
आँधीले कारकासोन सहरमा सबैभन्दा बढी क्षति गरेको छ । 
 
अडी नदीको सतह विगत १०० वर्षकै उच्च विन्दुमा पुगेको अधिकारीहरुले बताएका छन् । 
 
कारकासोनको उत्तरी गाउँमा पनि सबै सडक बिच्छेद भएका, स्कुलहरु बन्द भएका र मानिसहरु घरभित्रै रहेका छन् । कोन्कोसका सडकहरुमा ६ फिटभन्दा बढी पानी छ । एजेंसी