मन्त्रीको जिम्मेवारी हेरफेरबारे छलफल हुने

कार्तिक ०४,२०७५

-

४ कार्तिक २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं l विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बारे छलफल गर्न प्रमुख सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवाल बैठक आइतवार बस्दैछ । 
 
 
यसअघि पटक पटक स्थगित हुँदै आएको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो २ बजेका लागि बोलाइएको छ । बैठकमा प्रदेश इन्चार्जको नियुक्तिलाई लिएर पार्टीमा उत्पन्न विबादबारे छलफल गर्ने कार्यसूची छ । 
 
मापदण्ड विपरित एकतर्फी ढंगले इन्चार्ज तोकिएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल समूहले नियुक्तिप्रति असन्तुष्टि जनाएका थिए । नेता नेपालले सरकारका काम कारवाहीको विषयलाई लिएर असोज ११ गते प्रतिनिधि सभा बैठकमा गरेको सम्वोधनलाई लिएर नेकपा भित्र विवाद उत्पन्न भएको थियो ।
 
यस्तै भातृ संगठनको पदाधिकारी नियुक्ति लगायतको विषयमा समेत छलफल हुनेछ ।
 
नेकपाले सरकारको काम कारवाहीको समीक्षा सहित कार्यक्षमता देखाउन नसक्ने सरकारका मन्त्रीको फेरबदल गर्ने बिषयमा समेत छलफल हुने नेकपा स्रोतले बतायो यसअघि भारत भ्रमणमा जानुपूर्व नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुन सक्ने संकेत गरेका थिए ।
 
सरकारको कामको बिषयलाई लिएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग समेत प्रचण्डले पटक पटक छलफल गरेका छन् । प्रधानमन्त्री निकट नेकपा नेता एवं सांसद महेश बस्नेतले केही दिन पहिले दशैं लगत्तै मन्त्रीहरुको हेरफेरको तयारी रहेको बताएका थिए ।