श्रम इजाजतको रि-इन्ट्री अनलाइनबाटै गर्ने तयारी

कार्तिक ०६,२०७५

-

 कार्तिक ६,२०७५ काठमाडौं।  
 
 विदेश जाने कामदारको श्रम इजाजतको रि-इन्ट्री अनलाइनबाटै गर्ने व्यवस्था हुने भएको छ ।
 
 सरकारले वैदेशिक रोजगारीमा दोहोर्‍याएर जाने कामदारहरुलाई इजाजत नवीकरणका लागि अनलाइन सिस्टम प्रयोग गर्न लागेको श्रम मन्त्री गोकर्ण बिष्टले जानकारी दिए ।
 
ताहचलस्थित कार्यालयमा पुगेर श्रमको नवीकरण गर्नुपर्ने व्यवस्थालाई सहज बनाउन अनलाइन प्रणाली सुरुआत गर्न लागेको बिष्टले बताए ।
 
उनकाअनुसार अब अनलाइनबाटै आवेदन दिएर विमानस्थलबाटै प्रमाण्किरण गरेर उड्न सकिने व्यवस्था लागू गर्न सिस्टम तयार भइरहेको बताए ।
 
कामदारलाई अनलाइनबाटै रि(इन्ट्री गर्ने व्यवस्था कार्यान्यवन गर्न अन्तिम तयारीमा जुटिरहेका छौं,’ उनले भने ।
 
सरकारले श्रम स्वीकृति नवीकरण विदेशस्थित नेपाली नियोगहरुबाट पनि गर्न सकिने गरी प्रस्ताव गरिसकेको छ ।
 
 यसका लागि वैदेशिक रोजगार ऐन संशोधन हुने गरी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक मन्त्रिपरिषदले पास गरिसकेको छ ।
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावअनुसार यो व्यवस्थासहितको विधेयक अब संसदमा दर्ता हुनेछ । यो ऐन पारित भएपछि नियमावलीमा संशोधन गरेर सरकारले विदेशबाटै श्रम स्वीकृति दिने प्रक्रिया थाल्नेछ ।
 
एक कामदारले कम्तिमा दुईपटकसम्म विदेशमा नै श्रम रि(इन्ट्री गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । यो कानुन औद्योगिक र घरेलु दुबै कामदारको हकमा लागू हनेछ ।
 
 
नेपाल फर्किएर रि(इन्ट्री गर्न चाहानेहरुलाई भने अब अनलाइन सिस्टमबाट रि(इन्ट्री गर्ने सुविधाका लागि कबरि एक महिना मात्रै समय लाग्ने श्रम मन्त्रालयले जनाएको छ ।