अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटः भारतमा २८ पटक घट्यो, नेपालमास्थिर

मंसिर ०४,२०७५

-

 
 मंसिर ४, २०७५ काठमाडौँ। 
 
अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ निरन्तर ओरालो लागेको छ । भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिना अघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल विक्ति गरिरहेको छ ।
 
आयल निगमले तेल खरिद गर्दै आएको भारतीय आयल कर्पोरेसन आईओसीले एक महिनायता हरेक दिन तेलको मूल्य घटाएको छ । यसरी भारतीय बजारमा एक महिनामा २८ दिनसम्म लगातार तेलको मूल्य घटिरहेको छ ।आईतबार पेट्रोल २० पैसा र डिजेल १८ पैसा भारु प्रतिलिटर घटाएको छ । अइओसीले हाल दिल्लीमा पेट्रोल ७६।७१ भारु र डिजेल ७१।५६ भारु प्रतिलिटर मूल्य निर्धारण गरेको छ ।
आईओसीले १५ दिनमा पेट्रोल ६।७८ रुपैयाँ घटाएर पठायो, तर आयल निगम मासिक ४० करोड रुपैयाँ घाटामा भएको बताउछ । नयाँ पत्रिका