भारतमा वाइवाइ चाउचाउमाथिको प्रतिबन्ध यथावत्

मंसिर ०४,२०७५

-

 मंसिर ४, २०७५ काठमाडौँ । 
 
भारतको विभिन्न सहरमा सीजी ग्रूपद्धारा उत्पादित वाइवाइ चाउचाउ गुणस्तरहीन भएको ठहर गर्दै विक्रीमा लगाईएको प्रतिवन्ध यथावत रहेको पाईएको छ । गत २०७२ जेठ २२ गते भारतको तमिलनाडू राज्यमा वाइवाई चाउचाउको विक्रीमाथि प्रतिवन्ध लगाईएको विज्ञप्ती निकालेर सर्वसाधारणलाई जानकाराी गराईयो ।
 
तमिलनाडू राज्य सरकारले भारतको नेस्ले ब्राण्डको म्यागीसँगै सीजी ग्रुपको वाइवाइ नुडल्स, रिलायन्स सेलेक्ट नुडल्स र स्मीथ एण्ड जोन्स चिकेन मसला नुडल्समाथि प्रतिवन्ध लगाएको थियो । तमिलनाडूको तत्कालिन मूख्यमन्त्रीको निर्देशनमा खाद्य सुरक्षा कमिसनले यी ब्राण्डका चाउचाउको उत्पादन, भण्डार र बिक्रीमा तीन महिनाका लागि प्रतिबन्ध गरेको जनाएको भए पनि अहिलेसम्म प्रतिवन्ध फुकुवा भएको छैन । आर्थिक दैनिक