केटीको लास किनेर छोराको बिहे गराउने अनौठो परंपरा

मंसिर ०६,२०७५

-

६ मंसिर २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं, बिवाहका पनि कस्ता कस्ता चलन हुन्छन् । तर यो अनौठो चलन भने साँच्चिकै जिब्रो टोक्नु पर्ने नै छ । चीनमा एउटा यस्तो परम्परा छ जसको बारेमा सुन्दा नै आङ जिरिङ्ग हुन्छ ।
 
चीनको केही ग्रामीण क्षेत्रमा अविवाहित केटाहरुको बिहे लाससँग गराइन्छ ।
 
चीनमा ३ हजार वर्षदेखि चलिरहेको यो परम्परामा मशानघाटमा गाडिएकी कुनै युवतीको लास झिकेर त्योसँग युवकको बिहे गराइन्छ । यसो गरियो भने अर्को जन्ममा केटा मान्छे अविवाहित नै भएर बाँच्नु पर्दैन रे ।
 
 
तर लासको व्यवस्था कसरी गर्ने नि? यसका लागि कुनै युवकको बिहा गर्नुपर्ने भएमा परिवारले लास किन्ने गर्दछन् । बिहा गरेकी मृत महिला मरेको खण्डमा त्यसलाई पछि आफ्नो अविवाहित छोराका लागि किन्ने परम्परा यहाँ रहेको छ ।
 
 
रिपोर्टहरुका अनुसार यसरी लासको मूल्य नै २० हजार डलरसम्म पुग्ने गरेको छ । हालैमात्र एकजना मृत महिलाका परिवारसँग एउटा परिवारले आफ्नो छोराको बिहेका लाग ३० लाख रुपैयाँ दिएका थिए ।
 
चीनको सरकारले भने यो प्रथालाई गैरकानुनी बताएको छ । तर पनि गाउँमा अहिले पनि यो प्रथा कायमै रहेको रिपोर्ट छ।