म्याक्स अस्पतालले छोरी जन्मिएपछि लाग्ने सबै खर्च व्यहोर्ने

मंसिर २०,२०७५

-

२० मंसिर २०७५ काठमाण्डौ l 
 
 
विराटनगर– विराटनगर– ११ महेन्द्र चोकमा रहेको म्याक्स हस्पिटल एण्ड ट्रमा सेन्टरले छोरी बचाउ अभियान ल्याएको छ। महिला सशक्तिकरण अभियान अन्तर्गत छोरी बचाउ अभियानलाई थप प्रभावकारी बनाउन अस्पतालमा छोरी जन्माउने महिलालाई  ‘डेलिभरी’मा सबै खर्च निःशुल्क गर्ने जनाएको छ।
 
 
म्याक्स हस्पिटलद्वारा आयोजित पत्रकार सम्मेलनमा डेलिभरी केसमा छोरी जन्मिएपछि लाग्ने सबै खर्च व्यहोर्ने जानकारी गराइएको हो। म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. का अध्यक्ष शत्रुध्न यादवले भने, ‘महिला सशक्तिकरण अभियालाई थप टेवा पुग्ने हिसावले अस्पतालमा भर्ना भएका महिलाले छोरी जन्माएको अवस्थामा आजदेखि नै उपचारमा निःशुल्क गर्ने निर्णय गरेका छौ ।’
 
 
भोलिका दिनमा भ्रुण हत्या रोक्नलाई  मद्दत पुग्ने भएकाले यसलाई अगाडि बढाएको यादवले बताए। अस्पतालमा भर्ना भएका गर्भवतीबाट छोरी जन्मिएको अवस्थामा   शैल्यक्रिया वापतको सम्पुर्ण शुल्क छुट गरेको उनको भनाइ छ । साथै अस्पतालले जेष्ठ नागरिक र शहीद परिवारका आफन्तलाई पनि २५ प्रतिशत सेवा शुल्कमा छुट दिने व्यावस्थाको घोषणा गरेको छ । 
 
 
जेष्ठ नागरिक सम्मान सेवा कायत्र्रmम अन्तर्गत ७० वर्ष र सो भन्दामाथिका जेष्ठ नागरिकलाई सम्मानसहित २५ प्रतिशत उपचार सेवा शुल्कमा छुटको व्यावस्था गरेको अस्पतालले जनाएको छ । त्यसैगरी शहीद परिवार सम्मान अन्तर्गत नेपालमा भएका विभिन्न चरणमा आन्दोलनमा घाइते, अङ्गभङ्ग तथा  शहीद परिवारलाई पनि २५ प्रतिशतको छुटको व्यवस्था गरेको अध्यक्ष यादवले बताए । लोकांतर