यथा दृष्टि तथा सृष्टि- महाभारतको रोचक कथा

मंसिर २०,२०७५

-आस्था न्यूज

२० मंसिर २०७५ काठमाण्डौ l 

 

पाण्डव र कौरवहरुलाई  शस्त्रशिक्षा दिँदै जाँदा आचार्य द्रोणको मनमा उनिहरुको परीक्षा लिने विचार उत्पन्न भयोl परीक्षा कसरी र कुन विषयमा लिने यस विषयमा विचार गर्दै जाँदा उनलाई एउटा ख्याल उत्पन्न भयो कि किन न यिनीहरुको वैचारिक प्रगति र व्यावहारिकताको परीक्षा लिऊँ?

 

अर्को दिन प्रातःकाल आचार्य द्रोणले ज्येष्ठ कौरव दुर्योधनलाई आफ्नो नजिक बोलाएर भने- ‘वत्स! तिमी यस गाउँबाट एकजना सज्जन व्यक्तिको पहिचान गरेर उसलाई मेरो सामु उपस्थित गराऊl’ दुर्योधनले भने- ‘जो आज्ञा गुरुदेव भनेर उनी सज्जन व्यक्तिको खोजमा हिँडेl

 

केही दिनपश्चात् दुर्योधन वापस आचार्य द्रोणनजिक आए र भने- ‘मैले धेरै गाउँ र नगरहरुको भ्रमण गरें तर कहीं कुनै सज्जन व्यक्ति भेट्टाइनl’

 

यसपछि आचार्य द्रोणले पांडुकुमार युधिष्ठिरलाई आफुनजिकै बोलाएर भने- ‘पुत्र! तिमी गएर एकजना दुर्जन व्यक्ति खोजेर ल्याऊl’ युधिष्ठिरले भने- ‘ठीक छ गुरुवर! म कोशिश गर्छुl’ यति भनेर युधिष्ठिर दुर्जन व्यक्तिको ख़ोजमा हिँडेl

 

धेरै समय व्यतीत भएपछि एकदिन युधिष्ठिर आचार्य द्रोणसामु उपस्थित भएl आचार्यले सोधे- ‘कुनै दुर्जन व्यक्तिलाई ल्यायौ त?

 

युधिष्ठिरले उत्तर दिँदै भने- ‘गुरुवर! मैले सर्वत्र दुर्जन व्यक्तिहरुको खोजी गरें तर कहींपनि दुर्जन व्यक्ति भेटिएनl यसकारण म खाली हात नै फर्किएंl’

 

त्यहाँ उपस्थित सबै शिष्यहरुले आचार्यसंग सोधे- ‘गुरुवर! यस्तो किन भयो कि दुर्योधनलाई कुनैपनि सज्जन व्यक्ति र युधिष्ठिरलाई कुनैपनि दुर्जन व्यक्ति भेटिएन?’

 

आचार्य द्रोणले भने- ‘वत्स! जो व्यक्ति जस्तो हुन्छ उसलाई सारा संसारका मानिसहरु आफु जस्तै दिखिन्छन्l यसैले दुर्योधनलाई सज्जन व्यक्ति भेटिएन र युधिष्ठिरलाई दुर्जन व्यक्ति भेटिएनl