अब युरीनबाट चार्ज हुनेछ मोबाइल फोन

मंसिर २१,२०७५

-

२१ मंसिर २०७५ काठमाण्डौ l
 
 
काठमाडौं। बीबीसीको एक रिपोर्टका अनुसार वैज्ञानिकहरुले एक प्रविधिको खोजी गरेका छन् जसको माध्यमले मोबाइल युरीनबाट चार्ज हुनेछ। ब्रिटेनको ब्रिस्टल रोबोटिक्स ल्याबमा केहि वैज्ञानिकहरुले यस प्रयोगमा सफलता प्राप्त गरेका छन्। उनिहरुले  युरीनलाई कसरी करेन्टमा परिवर्तन गर्न सकिन्छ भनेर प्रयास गरेका थिए।
 
 
वैज्ञानिकहरुले केहि इलेक्ट्रो एक्टिभ माइक्रोअर्गिज्मलाई केहि सिलेण्डरमा भरे। यो त्यो माइक्रोअर्गिज्म हो जुन गनाउने पानी वा पिसाबमा पाइन्छ। वैज्ञानिकहरुले यसबाट इलेक्ट्रोन तयार गरे। यो इलेकट्रोन त्यो हो जसबाट बिजुली निकाल्न सकिन्छ ।
 
 
रिपोर्टका अनुसार सो प्रविधिको माध्यमबाट २ लीटर युरीनले ० देखि ४० किलोवाट बिजली निकाल्न सकिन्छ। जुन एलईडी लाइट वा मोबाइललाई चार्ज गर्न पर्याप्त हुनेछ।
 
 
यस समय वैज्ञानिकहरु कसरी यसलाई उपभोक्ता अनुकूल बनाउन सकिन्छ भन्ने प्रयासमा लागेका छन्।  वैज्ञानिहरुको सो प्रयासपछि, चाँडै ती उत्पादनहरूको बारेमा तपाईंले सुन्नुहुनेछ। जसबाट तपाई मोबाइल चार्ज गर्न सक्नुहुनेछ।