अनुष्काले गरिन् सामाजिक सञ्जालमा तस्वीर र भिडियो शेयर

मंसिर २५,२०७५

-

२५ मंसिर २०७५ काठमाण्डौ l 
 
 
अनुष्का शर्मासँग विराट कोहलीको विवाह ११ डिसेम्बर अर्थात गत वर्ष आजकै दिन इटलीमा भएको थियो।
 
विवाहको एक वर्ष भएपनि गत वर्ष सबैभन्दा चर्चा उनीहरुकै थियो। अनुष्का विराटको तस्वीरका लागि फ्यानहरुले निके कुरेका थिए। विवाहको वर्षगाठको अवसर पारेर विराट अनुष्काले विवाहको केही तस्वीर र भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन्। 
 
 
विराटले विवाहको तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, एकिन हुँदैन कि एक वर्ष वितेको छ यस्तो लागि रहेको छ यो हिजोको कुरा हो, समय निकै चाडो वितेको छ। 
 
 
अनुष्काले यो खास दिनका लागि विराटलाई बधाइ दिँदै एउटा खास भिडियो सार्वजनिक गरेकी छिन्।