ऐतिहासिक प्रसंग

यस जगतमा शान्तिभन्दा बहुमूल्य संपदा अरु केही छैन

पंचस्कंधमा जो जिउँछ सम्झिनु कि ऊ महादुःखमा बाँचिरहेको छ

मंसिर २५,२०७५

-माधव प्रसाद गर्तौला

२५ मंसिर २०७५ काठमाण्डौ l 

श्रावस्तीको शोभा अवर्णनीय थियोl नगरद्वारदेखि लिएर गृहद्वारसम्म हरकहीं प्रकाशको किरणहरु जगमग-जगमग गर्दै थिएl नगरका प्रत्येक वीथिका सुगंधले आपूरित थियोl सम्राटदेखि लिएर सामान्य नागरिकसम्म उल्लसित थिएl प्रत्येकको दृष्टि नगरश्रेष्ठी विशाखदत्तको भवनतर्फ लागेको थियोl नगरको प्रत्येक पथ आज त्यसै भवनतर्फ गैरहेको जस्तो लाग्थ्योl हरकोई उनको भवनमा हुन गैरहेको समारोहमा भागीदार हुन चाहन्थ्योl अतिथिहरुको स्वागत व्यवस्था स्वयं महाराजले हेरिरहेका थिएl उनको आँखा भवनको द्वारमा एकटक टिकेको थियोl यदा-कदा उनको मुख-मण्डलमा अधीरताको लहर काम्दथ्योl उनको अंत:करणमा एक अनौठो लहर उठिरहेको थियो, जसलाई सम्हाल्दै उनी पुन: आफ्नो काममा लग्दथेl

 

उनले यही भन्दै स्वागत व्यवस्था सम्हालेका थिए कि श्रेष्ठी विशाखदत्तकी कन्या स्वयं उनकै कन्या हुन्l र कुलकन्या सौम्यदर्शनाको यस विवाह समारोहमा स्वागत व्यवस्थाको दायित्व उनी स्वयंले नै सम्हालने छन्l तर मनको कुनै कुनामा यो भावपनि लुकेको थियो कि उनलाई समस्त भिक्षुसंघको साथ तथागत भगवान बुद्धको पनि दर्शन, सत्कार एवं सेवाको सुयोग अनायास नै मिल्दैछl श्रेष्ठी विशाखदत्त भगवान तथागतको अनन्य भक्त थिएl भगवानमै उनको प्राण निवास गर्थ्योl

 

उनले आफ्नो कन्याको विवाह समारोहमा तथागत भगवान बुद्धलाई विशेषरूपले आमंत्रित गरेका थिएl आमंत्रण सुनेर तथागत एक पलको लागी मौन हुनुभयो अनी भन्नुभयो- “श्रेष्ठी! म त्यहाँ जानाले रागको अग्नि कहीं निभ्यो भने...l कहीं सप्तपदी (विवाह) को लागी उठ्नेवाला पाइला तपका लागी उठे भने?”

 

भगवान बुद्धको यस्ता वचन सुनेर श्रेष्ठी विशाखदत्तले विनीत भावले भने- भगवन्! म त सर्वतोभावेन हजुरकै शरणमा छुl हजुरको कृपाले जे हुन्छ- त्यो मंगलमय नै हुनेछl मेरी कन्या सौम्यदर्शना हजुरकै अनुगामिनी छिन्l हजुरको आशीषस्वरूप जे भएपनि उसको लागी त्यही श्रेष्ठ हुनेछl श्रेष्ठीका यस्ता कुरा सुनेर भगवान बुद्धले भन्नुभयो- “तिम्रो कल्याण होस् श्रेष्ठी, हामी अवश्य आउनेछौंl मेरो साथ मेरो भिक्षुसंघपनि हुनेछl यसपछि त यो खबर पूरै नगरमा वायुको लहरसंगै फैलियो कि कन्या सौम्यदर्शनाको विवाहमा शास्ता स्वयं आफ्नो भिक्षुसंघको साथ पधार्नुहुनेछl

 

शास्ताको आगमनको घड़ी आजै थियोl यसै शुभघड़ीका लागी सम्पूर्ण श्रावस्ती नगर महिनौंदेखि सजिएको थियोl नगरको प्रत्येक नागरिक भगवान बुद्धको दर्शनका लागी उत्साहित थिएl त्यसैपनि श्रेष्ठी विशाखदत्त प्रत्येक नगर-जनका प्रिय थिएl परहितको लागी सर्वस्व न्यौछावर गरिदिनेवाला श्रेष्ठीप्रति हरेक नागरिकको हृदयमा श्रद्धा एवं सम्मानको भाव थियोl सम्राटले त उनलाई आफ्नो सहोदर भ्राता नै मानेका थिएl राजमहिषी सौम्यदर्शनालाई आफ्नी पुत्रीसमान नै प्रेम गर्थिन्l उनको विवाह समारोहमा सम्पूर्ण नगरको प्राण चेतना विवाह मण्डपमा केन्द्रित हुनु स्वभाविकै पनि थियोl

 

त्यसैसमय कसैले खबर दियो कि भगवान बुद्ध आउँदै हुनुहुन्छ, साथमा उहाँको भिक्षुसंघपनि छl यस समचारले सम्पूर्ण वातावरणलाई केही विशिष्ट तरंगित र स्पंदित गर्योl असंख्य प्राण उल्लसित भए, असंख्य हृदय श्रद्धा विगलित भएl प्रभु आउँदै हुनुहुन्छ, यो सुनेर श्रेष्ठी कन्या सौम्यदर्शनालाई गहिरो आश्वस्ति भयोl उसलाई भरोसा भयो, उसको प्राणको आतुर पुकार अब अवश्य सुनिनेछl तर विवाह मण्डपमा उसैसंग बसिरहेका वर महोदयलाई जस्तै कि केहीपनि खबरै थिएनl उनी आफ्नै धुनमा कहीं हराएका थिएl संभवतः सौम्यदर्शनाको मुखछविले उनलाई बेसुध बनाएको थियोl

 

त्यसैबखत स्वयं महाराजले भगवान बुद्ध एवं उहाँको भिक्षुसंघलाई लिएर विवाह मण्डपमा आएl तथागतको तप-तेजको सामुन्ने मण्डपमा फैलिएको कृत्रिम प्रकाश फीका परिरहेको थियोl एउटा अनौठो आभा त्यहाँ फैलिन लाग्योl भगवान बुद्ध आउनाले कुलकन्या सौम्यदर्शनालाई त आफ्नो हराएको प्राण भेटिएको जस्तै भैरहेको थियोl उनी पहिले भगवान बुद्धको चरणमा झुकिन्, फेरी अन्य भिक्षुहरुको चरणमाl उनको लागी त भगवानको अलावा अन्य कुनै वस्तु, व्यक्ति अथवा परिस्थितिको कुनै अस्तित्वै रहेनl

 

तर उनको हुनेवाला पति उनलाई हेरेर नाना प्रकारका काम-सम्बन्धी विचार गर्दै रागाग्निमा जल्दै थियोl उसको मनलाई काम-वासनाको गहन बादल र तुवाँलोले आच्छादित गरेको थियोl उसले भगवान बुद्ध एवं उहाँको विशाल भिक्षुसंघलाई देखेकै थिएनl उसको मन त्यहाँ उपस्थित नै थिएन, ऊ त भविष्यमा थियोl उसभित्र त सुहागरात चल्दै थियोl ऊ आफ्नो कल्पित सुहाग-सेजको अँध्यारोमा हराएको थियोl ऊ यससमय एउटा अन्धोजस्तै भएको थियोl

 

भगवान बुद्धले उसको यस्तो विपन्न-दीन दशा हेर्न सक्नुभएनl उहाँले करुणा विगलित हृदयले उसलाई हेर्नुभयोl केही अनौठोपन र अलौकिकता थियो प्रभुको त्यस अमृतवर्षिणी दृष्टिमाl आधाभन्दा पनि आधा पलमा केही घटित भयोl केही यस्तो भयो कि जस्तै गहन अन्धकारमा प्रकाशको महासमुद्र उर्लिएर आयोl सर्वत्र- सबैतर्फ प्रकाश नै प्रकाश सौम्यदर्शनाको हुनेवाला पति कुमार सुयशको अन्तर्चेतनामा छायोl अब अन्धकारको एउटा कणपनि त्यहाँ बाँकी रहेनl जब अँध्यारो नै रहेन, तब भला यस्तोमा सपना र कल्पनाहरु कसरी रहन सक्थे र?

 

ऊ अनायास नै एक्कासी निद्राबाट ब्युँझियोl कुलकन्या सौम्यदर्शनाको मुखछवि अचानक उसको हृदयपटबाट विलीन भयोl त्यहाँ त बोधिज्ञानको प्रकाशधारा प्रवाहित भैरहेको थियोl ऊ आश्चर्यचकित भएर खड़ा भयोl त्यसपछि उसलाई भगवान बुद्ध देखिनुभयो र देखिए उहाँका विशाल भिक्षुसंघl र त्यसपछि उसलाई बोध भयो कि अहिलेसम्म त म अन्धो भैरहेको रहेछुl संसारको धुवाँ जहाँ हुँदैन, त्यहीं त सत्यको दर्शन हुन्छl वासना जहाँ छैन, त्यहीं त भगवत्ताको प्रतीति हुन्छl उसलाई जाग्रत र विस्मयमा डुबेको देखेर भगवान बुद्धले भन्नुभयो- “कुमार सुयश! रागाग्निको समान अर्को कुनै अग्नि छैनl त्यही हो नर्क, त्यही हो निद्राl जाग प्रिय सुयश! जाग! र जसरी शरीर उठ्यो, त्यसरी नै तिमीपनि उठl उठ! उठ्नुमा नै मनुष्यताको शुरुवात हुन्छl

 

विवाह मण्डपको सम्पूर्ण वातावरण एकाएक स्तब्ध भयोl श्रृंगारको उत्तेजक हावाको स्थानमा प्रभु करुणाको शीतल वायु बग्न थाल्योl भगवान गौतम बुद्ध भन्दै हुनुहुन्थ्यो-

 

“नत्थि राग समो अग्गि नत्थि दोस समो कलिl

नत्थि खंध समा दुक्खा नत्थि संति परं सुखंl l”

 

शास्ताका यी वचनहरुलाई सुनेर श्रेष्ठी विशाखदत्तले उहाँसंग प्रार्थना गरे कि भगवन् कृपा गरेर आफ्नो वचनको अर्थपनि स्पष्ट गरिबक्सियोस्l तर आज त प्रभु केवल कुमार सुयशसंग नै बोलिरहनुभएको जस्तो लागिरहेको थियोl उहाँले उस (कुमार सुयश) लाई सम्बोधन गरेर भन्नुभयो कुमार! ‘नत्थि राग समो अग्गि’ अर्थात् रागसमान आगो छैन, ‘नत्थि दोस समो कलि’ अर्थात् द्वेषसमान मैल छैन, ‘नत्थि खंध समा दुक्खा’ पञ्च स्कंधसमान दुःख छैनl

 

यो पञ्च स्कंध के हो भगवन्? पहिलो पटक कुमार सुयशले आफ्नो मुख खोल्योl भगवानको कृपाले उसको अन्तर्चेतना निर्मल हुँदै गैरहेको थियोl भगवानले पनि उसप्रति अरु अधिक कृपादृष्टि गर्दै भन्नुभयो- कुमार! मनुष्यको व्यक्तित्व बनेको छ दुई चीजले- नाम र रूपl रूपको मतलब हो देह (शरीर) र नामको अर्थ हो मनl स्थूल देह त एउटै छ, तर मनको भने चारवटा रूपहरु छन्- वेदना, संज्ञा, संस्कार र विज्ञानl यी सबै मिलायो भने पञ्चस्कंध हुन्छl यी पाँचैमा जो जिउँछ- त्यसलाई सम्झिनु कि ऊ महादुःखमा बाँचिरहेको छl यी पाँचैमा बाँच्नुको अर्थ हो या त शरीरको आसक्तिमा बाँच्नु अथवा मनको वासनाहरुमा बाँच्नुl यसैको साथ भगवानले अगाडी भन्नुभयो- ‘नत्थि संति परं सुखं’ अर्थात् शांति भन्दा बढ़ी मूल्यवान सुख यो संसारमा अरु केही छैनl

 

तथागत बुद्धको यी वचनहरुको प्रभावले कुमार सुयशको मनमा शांति छायोl उसलाई भगवानका वचनहरु सार्थक अनुभव हुन लाग्योl उसले अतिनै कृतज्ञतापूर्ण दृष्टिले भगवान बुद्धलाई हेर्योl विवाह अब आवश्यक रहेन प्रभु, अब हजुरले मलाई आफ्नो शरणमा लिनुहोस्l हुनेवाला पतिको यस्तो कुरा सुनी कुलकन्या सौम्यदर्शनालाई आफ्नो मनवांछित फल मिलेको जस्तो भयोl उनले भन्न लागिन् भगवन्! म त सदादेखि हजुरकै करुणाको आकांक्षी थिएंl श्रेष्ठी विशाखदत्त त शास्ताको अनुगत नै थिएl बस फेरी के थियो? मण्डपमा विवाहमंत्रको स्थानमा बुद्धं शरणं गच्छामि! धम्मं शरणं गच्छामि!! संघं शरणं गच्छामि!!! को स्वर गुन्जिन थाल्योl सम्पूर्ण परिवार भगवान गौतम बुद्धको धर्मचक्र प्रवर्तनका लागी समर्पित भएl त्यहाँ उपस्थित सबै जनाले अनुभव गरिरहेका थिए कि साँच्चिकै शान्तिभन्दा बहुमूल्य संपदा यस संसारमा अरु केहीपनि रहेनछl