‘मिसेस ब्यूटी क्वीन नेपाल २०१८’को आवेदन खुल्ला

मंसिर २६,२०७५

-

२६ मंसिर २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं– सिजन मिडिया प्रा.लिले विवाहित महिलाहरुमा केन्द्रित ‘मिसेस व्यूटी क्वीन नेपाल २०१८’ सिजन २ को आयोजना गर्ने भएको छ।
 
 
मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस, मिस एयर होस्टेस, एसएलसी प्रिन्सेस्, मिस टिन कलेज, कलेज ह्यान्डसम नेपाल लगायतका कार्यक्रमहरु गर्दै आएको सिजन मिडियाले गत वर्षदेखि ‘मिसेस व्यूटी क्वीन नेपाल’कार्यक्रम शुरु गरेको हो। दोस्रो पटक यस किसिमको कार्यक्रम गर्न लागेको सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए।
 
 
महिलाहरुको ब्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर, नेतृत्वदायी क्षमताको विकास, सामाजिक तथा राजनैतिक ज्ञान सिपको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगी जिम्मेवार शसत्त महिलाको रुपमा अगाडी वढाउन सहयोग गर्ने हेतुले कार्यक्रम गर्न लागिएको आयोजक संस्थाले जनाएको छ। 
 
 
विगत दश वर्षदेखि काठमाडौंमा रहेर विभिन्न सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गर्न लागेको दोस्रो चरणको संस्करणको लागि उपत्यका र उपत्यका बाहिरबाट गरी ३० प्रतियोगी समावेश गराइने आयोजकको भनाई छ। 
 
 
प्रतियोगीतामा सहभागि हुनका लागि आवेदन फारम खुल्ला भइसकेको प्रबन्ध निर्देशक वन्तले जानकारी दिए।
 
 
नेपाल अधिराज्यभर रहेका सम्पूर्ण विवाहित महिलाहरुलाई मध्येनजर राखी पहिलो चरणको छनोट मंसिर २९ गते शनिबार कमलादीमा हुनेछ। त्यस्तै उक्त प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा  शारिरीक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेनस, सेल्फ मेकअप, फोटो सेसन, ब्यक्तित्व विकास, नेतृत्व विकास, वाक कला, क्याटवाक सम्वन्धी प्रशिक्षण दिइने छ।
 
 
प्रतियोगिताका विजेतालाई ‘मिसेस व्यूटी क्वीन नेपाल २०१८’ को उपाधी सहित १ लाख ८३ हजार रुपैयाँ बराबरको सुजुकी स्कुटर, लेटमिइनको तर्फबाट ५० हजार रुपैयाँ बरावरको गिफ्ट भौचर, ५ दिने दुवई भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु प्रदान गरिनेछ। फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमश स्मार्ट मोबाइल फोन, लेटमिइनको तर्फबाट ३० हजार रुपैयाँ बरावरको गिफ्ट भौचर साथै विभिन्न उपहारहरु प्राप्त गर्ने छन। पाँच दिने दुवई भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पनि प्रदान गरिनेछ। यस बाहेक थर्ड रनरअप र फोर्थ रनरअप साथै अन्य विभिन्न १८ विधामा पनि विजेता छनौट गरिनेछ।