कपिल शर्माको विहे आज,सामाजिक सञ्जालमा लाइभ हेर्न सकिने!

मंसिर २६,२०७५

-

२६ मंसिर २०७५ काठमाण्डौ l 
 
 
चर्चित कमेडियन कपिल शर्मा आफ्नी प्रेमिका गिन्नी चतरथसँग आज विवाह बन्धनमा बाँधिदैछन्। विवाहको कार्यक्रम शुरु भएको छ। कपिलका केही नजिकका साथी विवाह कार्यक्रममा सहभागी हुन पुगेका छन्। उनको विवाह पूर्वको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ। 
 
 
विवाहमा सहभागी हुन सुमोना चक्रवर्ती, राजीव ठाकुर तथा गायिका ऋचा शर्मा पुगेका छन्। यस बीच कपिल शर्माले मस्ती गरेको फोटो बुधबार विहान सामाजिक सञ्जालमा देखिएको छ। परिवारका अलावा कपिलको कमेडी शो, द कपिल शर्मा शो को पूरै टीम कपिलको घर अमृतसर पुगेका छन्। 
 
 
कपिल तथा गिन्नीको विवाह दुई रिवाज अनुसार हुने छ। आज जालंधरमा हिन्दू रीति अनुसार उनीहरुको विवाह नुे छ भने भोलि शिख रीति रिवाज अनुसार विवाह हुने समाचारहरु सार्वजनिक भएका छन्। पञ्जावको जालन्धर गिन्नीको घर भएको शहर हो। 
 
 
कपिलको विवाहको सामाजिक सञ्जालमा लाइभ हुनेछ। विवाह यू ट्युव तथा इन्सटग्रामा लाइभ हेर्न सकिने छ। कपिलकासाथीहरुले यसको तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 
 
 
विवाह पछि कपिल शर्मा अमृतसरमा १४ डिसेम्बरमा एक रिसेप्शन आयोजना गर्ने छन्। जसमा उनका नजिकका साथी तथा रिस्तेदार सहभागी हुनेछन्। पार्टी यसै महिनाको २४ डिसेम्बरमा मुम्बइमा आयोजना हुनेछ। समाचारहरुका अनुसार मनोरञ्जन तथा विजनेश क्षेत्रका हस्तीहरु यो पार्टीमा सहभागी हुने छन्।