प्रेरणास्पद लेख

मनुष्य अनन्त शक्तिको पुंज हो

व्यक्ति स्वयं नै आफ्नो उत्थान एवं पतनको उत्तरदायी हुन्छ

मंसिर २६,२०७५

-माधव प्रसाद गर्तौला

२६ मंसिर २०७५ काठमाण्डौ l

मनुष्य आफुमैं एउटा परिपूर्ण इकाई होl उसमा ती समस्त शक्ति एवं सम्भावनाहरु जन्मजातरूपमा विद्यमान छन्, जसको आधारमा कुनैपनि दिशामा पूर्णता एवं सफलताको उच्च शिखरमा पुग्न सम्भव हुनसक्छ र सम्भव भएका अनगिन्ति उदहारणहरु आजपनि अवलोकन गर्न सकिन्छl

 

समस्त दैवी शक्तिहरुको प्रतिनिधित्व मनुष्यको अंत:चेतनाले गर्दछl  प्रसुप्त रहिरहनाले अवश्य नै उसले आफ्नो गौरव प्रगट गर्न सक्दैन तर जब ऊ जागृत हुन्छ तब यही अंत:चेतनाले व्यक्तित्वमा अगणित यस्ता सद्गुण प्रस्फुटित गर्दछ, जसले कुनैपनि दिशामा चमत्कार प्रस्तुत गर्न सकिन्छl

 

बाहिरी हानि-लाभ, सहयोग र अवरोध मनुष्यको उन्नति एवं अवनतिको त्यति ठुलो कारण हुँदैन, जति कि आफ्नो आतंरिक सद्गुण एवं दुर्गुणl व्यक्ति स्वयं नै आफ्नो उत्थान एवं पतनको उत्तरदायी हुन्छl जसले आफुलाई समझ्यो, सम्हाल्यो र परिष्कृत गर्यो ऊ निश्चितरूपले प्रगतिको पथमा अग्रसर भएकोछ l आफ्नो आतंरिक शक्तिकोषलाई जगाउनाले मनुष्य अपरिमित दिव्य-शक्तिहरुले विभूषित हुनसक्छl

 

बाहिरी सहायताको अपेक्षा गर्ने तुलनामा यो अत्यन्तै राम्रो हुनेछ कि मनुष्यले आफुभित्रको अंत:चेतनामा निहित भएको सत्प्रवृत्तिहरुलाई खोजी गरेर उजागर गरून्l प्रगतिको सार आधार व्यक्तिको अंत:चेतना र भावनात्मक स्फुरणमा नै त अवलंबित छl