जीवन-चिन्तन

सेक्स जीवनमा यति धेरै महत्वपूर्ण किन भएको छ?

सेक्सलाई आमोद-प्रमोदपूर्ण बनाउनुपर्छ,न कि कुनै गंभीर समस्या!

माघ ०२,२०७५

-माधव प्रसाद गर्तौला

२ माघ २०७५ काठमाण्डौl

 

मनुष्य जीवन र सेक्स

मानव यौनिकता या सेक्सुअलिटी पाप हो या पवित्र चीजरु विचारदृष्टिले हेर्ने हो भने सेक्समा केही पनि गलत या सही छैन किनकी यो भौतिक अस्तित्वको अक अत्यन्त आवश्यक भाग हो, तर यसको भूमिका भने सीमित छl यौन आवेगलाई स्वीकार गर्नुको साथ-साथै यसलाई जिम्मेदारीपूर्वक संचालित गर्नु पनि हरेक मनुष्यको महत्वपूर्ण कर्तव्य होl

 

यस्तो किन छ कि जीवनको सबै आकर्षक चीजहरु या त अनैतिक छन् या गैरकानूनीरु वर्त्तमानका युवावर्गले प्राय: यो प्रश्नलाई सोध्ने गर्छन्, या यस बारेमा विचार गर्ने गर्छन्l यस विषयको मर्मस्थलमा जानैपर्ने हुन्छl सेक्ससंग सम्बंधित कुनै नैतिकताको कुनै भविष्य छैनl सत्य त यो हो कि सेक्स र नैतिकताको संयोजनले नैतिकताको सारा अतीत विषाक्त गरिदिएको छl नैतिकता यति धेरै सेक्स-केन्द्रित भयो कि उसको अन्य विभिन्न आयामहरु हराएl जुन अत्यधिक महत्वपूर्ण थिएl वास्तवमा सेक्सलाई नैतिकतासंग यति धेरै सम्बंधित नगर्नुपर्ने थियोl

 

सत्य, ईमानदारी, प्रामाणिकता, पूर्णता- यी चीजहरुको नैतिकतासंग सम्बन्ध हुनुपर्छl साथै चेतना, ध्यान, जागरूकता, प्रेम, करुणा- यी चीजहरुमा भने नैतिकताको यति धेरै सम्बन्ध हुनुहुँदैनl तर अतीतमा सेक्स र नैतिकता लगभग पर्यायवाची रहेका थिएस सेक्स अधिक मजबूत र अत्यधिक बलशाली भयोl यसैले जब कुनै व्यक्ति अनैतिक भयो भन्ने सुन्दा यसको मतलब यो हुने गर्छ कि उसको सेक्स जीवन गलत भयोl सेक्स साधारण कुरा हो, जैविक घटना मात्रl यसको यतिमात्रै महत्व छ कि सेक्स ऊर्जालाई उर्ध्वगमन गर्न सकियोस्l यो अधिकभन्दा अधिक आध्यात्मिक हुनसक्छl र आध्यात्मिक बनाउनको लागी यसलाई कमभन्दा कम गंभीर कुरा बनाउनुपर्छl  

 

सेक्सलाई गहिराईदेखि बुझ्नुपर्ने हुन्छ

यसलाई बुझौं- सेक्स हामीभित्र एउटा मामूली सहज प्रवृत्ति हो, एउटा रासायनिक बदलाव जुन किशोरावस्थासंगै आउँछl यो एउटा आनंदपूर्ण अनुभव हो किनकी यसले हामीलाई प्रजनन (संतान उत्पन्न गर्नु) तर्फ प्रेरित गर्ने प्रकृतिको आफ्नै तरीका होl समयसंगै हामीले प्रजनन (बच्चा उत्पन्न गर्ने) पक्षलाई ऐच्छिक बनाईदिएका छौं, किनकी यसमा क्षणिक भएपनि आनन्द विद्यमान छl यसमा केहीपनि सही या गलत छैनl आफ्नो यौनिकता (सेक्सुअलिटी) लाई भौतिक अस्तित्वको एउटा अभिन्न अंगको रूपमा स्वीकार गर्न महत्वपूर्ण छl दुईजनाको कामोत्तेजनाकै कारण हाम्रो अस्तित्व छl यो एउटा यथार्थ सत्य होl

 

सबैभन्दा ठुलो समस्या यो छ कि विविध प्रकारका धर्म एवं तथाकथित नैतिक शिक्षकहरुले हामीलाई बताएका छन् कि हाम्रो ‘बायोलजी’ एउटा पाप होl यसले सदियौंदेखि अकथनीय अपराधबोध र कष्ट उत्पन्न गरेको छl हामीले जति धेरै कुनै चीजलाई अस्वीकार गर्दछौं, त्यो मनमा त्यति नै अधिक गहिराईसंग महत्व लिएर बस्छl यसै दमनले मनुष्यको मानसिकतामा भयंकर उथल-पुथल मच्चाएको छl सेक्सलाई आमोद-प्रमोदपूर्ण बनाउनुपर्छ, न कि कुनै गंभीर समस्याl यसलाई त एउटा नाटकको भांति निभाउनुपर्छl मात्र दुईजना एक-अर्काको शारीरिक ऊर्जासंग खेलिरहेको जस्तै....l

 

यदि ती दुबैजना एक-आपसमा ख़ुशी र संतुष्ट छन् भने यसमा अरु कसैको दखल-अंदाजी गर्न हुँदैनl तिनीहरुले अन्य कसैलाई नोकसान पुर्याएका छैनन्l उनिहरु बस एक-अर्काको ऊर्जासंग आनन्द लिरहेका छन्l यो ऊर्जाहरुको एकसाथ नृत्य होl यसमा समाजको कुनै लेन-देन छैनl जबसम्म कि कसैले अन्य व्यक्तिको जीवनलाई नोकसान नपुर्याओस्l अन्यथा कुनै समस्या छैनl यसलाई सामान्य कुरा मान्दा नै हितकर हुन्छl     

 

सेक्सको महत्व कहिले कम हुन थाल्दछ?

साथै, के हामी केवल आफ्नो क्यामेस्ट्रिको कठपुतली हौं? अवश्य नै होइनौंl मानव जीवनमा सेक्सको भूमिका छ, तर सीमित छl मनमाथि अधिक ध्यान केन्द्रित गर्नेवाला मनुष्यले पाउँछ कि अनायास नै  उसको कामुकता कम हुँदै गैरहेको छl जब हामीले मनभन्दा अधिक गहिरो सुखको अनुभूति पाउँछौं, तब कामुकताको महत्व नगण्य हुँदै जान्छl

 

सेक्सको पारंपरिक धार्मिक आतंकको विरुद्ध प्रतिक्रिया दिँदै, पश्चिमी देश हालको समयमा शरीरसंग अत्यधिक पहिचानतर्फ उन्मुख छन्l यसको नक्कल गर्नु दुर्भाग्यपूर्ण हुनेछl हाम्रो मूलभूत बायोलजीलाई नष्ट गर्नुपर्ने आवश्यकता छैनl तर यसलाई आकाशमा चढाउनुपर्ने पनि आवश्यकता छैनl यदि हामीले बालपनदेखि किशोरावस्थातर्फ आफ्नो विकासलाई ध्यानपूर्वक हेर्यौं भने, हामीलाई कौतुहल र आश्चर्य हुनुपर्ने होl हामीलाई सेक्सको गुलाम कहिल्यै पनि बन्न हुँदैनl हाम्रो स्वभाविक बुद्धिले हामीलाई यसबारेमा जागरूक गर्दछ, कि हामी स्वयंको हारमोनको खेलभन्दा कहीं अधिक छौंl जनावरहरुको विपरीत, मनुष्य आफ्नो क्यामेस्ट्रिसंग विवश छैनl मनुष्यमा भावनात्मक र बौद्धिक सामर्थ्य शारीरक सामर्थ्यभन्दा कहीं अधिक सामर्थ्यवान र बलशाली छl

 

आफ्नो बुद्धिलाई यसको गुलाम बनाउनु दुःखद कुरा

दुर्भाग्यवश, जुन मनुष्यले जैविक हार्मोनल प्रक्रियालाई आफ्नो बुद्धिमाथि हावी हुन दिन्छ, त्यसले आफ्नो आतंरिक संतुलन नष्ट गर्दछl यो दुःखको कुरा हो कि अधिकांश युवा आफ्नो बुद्धिलाई अनलाइन या फिल्महरुमा हेरिएका र पढ़िएका कुराको गुलाम बनाउँछन्l यसको नतीजा सेक्सुअलिटीप्रति एउटा पहिलेदेखि नै तय प्रतिक्रिया हुन्छ, हाम्रो प्रतिक्रिया आतंरिक जागरूकता र संतुलनमा आधारित हुँदैनl यसैले हामी सेक्सको नियंत्रणमा हुन्छौंl

 

हामीलाई बस शरीर र मस्तिष्कमा एउटा ख़ास तरहको आतंरिक संतुलन ल्याउने आवश्यकता छ, ताकि यौनिकतालाई उसको स्वभाविक स्थान मिलोस्l यौन आवेगलाई स्वीकार गर्नु अत्यन्त महत्वपूर्ण छ, तर साथै उसलाई जिम्मेदारीपूर्वक संचालित गर्न पनि कम महत्वपूर्ण छैनl सानै उमेरदेखि शुरू गरिंदा केही सरल योग धेरै लाभदायक सिद्ध हुनसक्छ, किनकी यो कुनै उपदेशको मुकाबला शरीर र मस्तिष्कलाई अधिक कुशलतासंग तालमेलमा ल्याउन सक्षम हुन्छl