पोखरामा सरकार विरुद्ध तरुण दलले प्रदर्शन गर्ने

माघ ०४,२०७५

-

४ माघ २०७५ काठमाण्डौ l
 
 
पोखरा – मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचार, मंहगी, वाइडबडी प्रकरण, निर्मला पन्तको बलात्कार पछि हत्या काण्डका दोषीलाई कारबाहीको माग गर्दै कांग्रेस भातृ संस्था तरुण दलले पोखरामा प्रदर्शन गर्ने भएको छ ।
 
 
नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना तथा नेपाल तरुण दल कास्कीको व्यवस्थापनमा आउँदो माघ ११ गते सरकारको पछिल्ला कामकारवाही विरुद्ध विरोध प्रदर्शन गरिने भएको जनाइएको छ ।
 
 
प्रदर्शन र्याली पोखराको चिप्लेढुङ्गा कांग्रेस जिल्ला पार्टी कार्यालयबाट सुरु भई नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत हुने कांग्रेस कास्की जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए ।
 
 
प्रदर्शनलाई बृहत बनाउन बिहीबार पोखरामा बसेको तरुण दलको तयारी बैठकले पार्टीका सबै कमिटी परिचालित गर्ने निर्णय भएको कास्की कांग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।