नेपाल र जापानबीच श्रम सम्झौता, ४ तहको भाषा पास गर्नैपर्ने

चैत्र ११,२०७५

-

चैत ११, २०७५ काठमाडौं ।
 
नेपाल र जापानबीच श्रम सम्झौता भएसँगै अन्तराष्ट्रिय श्रम बजारमा नयाँ गन्तव्य खुलेको छ। सम्झौतामा सोमबार नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्ताक्षर गरे। अब योसँगै आगामी अप्रिल १ देखि निर्णय कार्यान्वयनमा आउने छ। भाषा परीक्षा उत्तिर्ण गरेपछि जापान रोजगारीको ढोका खुल्ने छ। जापानले कोरियन मोडलमा नै कामदार लैजाने छ। रोजगारीका लागि जापान जानेलाई एन-४ तहको भाषा आवश्यक पर्ने छ। जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ क्षेत्र तोकेको छ। पहिलो पाँच वर्षमा यी मुलुकहरूबाट तीन लाख ४५ हजार एक सय ५० कामदार जापान जानेछन्।