रोचक प्रसङ्ग

जब भालु नै रक्सी पसलमा पुगेपछि....

आषाढ २१,२०७४

-एजेन्सी

२१ असार-

अमेरिकाको अलास्कामा एउटा भालु रक्सीको पसलमा पुगेको अनौठो घटना सार्वज्निक भएको छ ।

गत २९ जूनको हो यो घटना । एउटा भालु मदिरा पसलभित्र छिर्यो र यताउती केही खोज्न लाग्यो । रक्सी पसलभित्र छिरेर यताउति गरिरहेको भालुलाई उक्त पसलका एकजना स्टाफले देखेपछि सबैजनाले भालुलाई बाहिर खेदे । पसलका एक कर्मचारीले उक्त भालुको भिडियो फेसबुकमा राखेपछि त्यो भाइरल नै बन्यो । उनका अनुसार जब भालु दुकानभित्र छिर्यो उनलाई सुरुमा त्यो कुनै कुकुर जस्तो लाग्यो र खासै ध्यान दिएनन् ।

तर जब उनले पसल भित्र भालु कराएको आवाज सुने तब उनको सातोपुत्लो उड्यो । आफुले पहिलो चोटि भालुलाई त्यति नजिकबाट देखेको उनले बताए । स्थानीइ प्रहरीका अनुसार उक्त इलाकामा कुनै पसलमा भालु घुसेको यो पहिलो घटना हो । उक्त भालु खानेकुराको खोजीमा रक्सी पसल भित्र घुसेको हुनसकने अनुमान गरिएको छ ।