सशस्त्र विद्रोह सुरु गरेको स्मरणमा जनयुद्ध दिवस मनाईंदै

90 Views

फाल्गुण ०१,२०७४




 फागुन १,२०७४ काठमाडौं ।
माओवादीका विभिन्न घटकले आज २३ औं जनयुद्ध दिवस मनाउँदैछन ।
 
२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले शुरु गरेको सशस्त्र विद्रोहको सम्झनामा माओवादीका विभिन्न घटकले जनयुद्ध दिवस मनाउने गरेका छन् ।
 
सशस्त्र विद्रोह सुरु गरेको दिनलाई सम्झँदै नेकपा माओवादी केन्द्र, नेकपा क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टीले छुट्टाछुट्टै कार्यक्रम गरेका छन ।
 
२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले रोल्पा, रुकुम र सिन्धुलीका प्रहरी चौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको थियो ।
 
यो विद्रोह १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण रुपान्तरण भएको थियो ।
 
२०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर भएर शान्ति प्रक्रियामा आएपछि माओवादी पटक–पटक फुटेर विभिन्न टुक्रामा विभाजित छ ।