प्रधानन्यायाधीशद्वारा महान्यायाधिवक्ता खरेललाई शपथ

खरेलद्वारा हिजै एमाले पोलिट ब्यूरो सदस्यबाट राजिनामा

फाल्गुण १०,२०७४

-


शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा हिजो आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । 

सरकारको मुख्य कानुनी सल्लाहकारका रुपमा रहने महान्यायाधिवक्ता पदमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले खरेललाई मंगलबार नियुक्त गर्नुभएको थियो । महान्यायाधिवक्ता खरेलले हिजै पदबहालीसमेत गर्नुभएको छ ।