"बक्सिङले मलाई बचायो" : प्रिन्स ह्यारी

बैशाख ०५,२०७४

-

वैशाख ५

 बेलायती राजघरानाका राजकुमार प्रिन्स ह्यारीले आफ्नी आमा प्रिन्सेज डायनाको मत्युको आघातबाट बाहिरिनका लागि डाक्टरको मद्दत लिनुपरेको बताएका छन् ।

अंग्रेजी पत्रिका डेली टेलिग्राफसँगको कुराकानीमा प्रिन्स ह्यारीले भने, ‘म भन्न सक्छु कि १२ वर्षको उमेरमा मैले आफ्नो आमा गुमाएको थिएँ र त्यसको २० वर्षसम्म आफ्नो सबै भावनालाई दबाएर राख्दा मेरो व्यक्तिगत जीवनका साथै मेरो काममा पनि असर पर्यो ।

म थुप्रै पटक पूर्ण रुपमा टुट्ने गर्दथें ।’

प्रिन्सेज डायनाको सन् १९९७ मा एक कार दुर्घटनामा मृत्यु भएको थियो ।

प्रिन्स ह्यारी भन्छन्, ‘यसबाट पार पाउनका लागि मसँग एउटै मात्र तरिका थियो, त्यो हो यसबारे सोच्नै बन्द गर्ने ।’

प्रिन्स ह्यारीका अनुसार उनी आफूलाई २० देखि २५ र २८ वर्षको युवक जसरी हेर्न थाले जसको जिन्दगीमा सबैकुरा ठिक चलिरहेको थियो ।

‘त्यसपछि मैले कुरा गर्न सुरु गरें र अचानक रुपमा जुन दुःखको वर्षौंसम्म कुरा गरिएको थिएन त्यो निस्किएर सार्वजनिक भयो र मलाई महसुस भयो कि मलाई यो दुःखसँग जसरी पनि जुघ्नु थियो ।’

प्रिन्स ह्यारीले उनको भाइको भनाइलाई उद्धृत गर्दै भने, ‘हेर्नुहोस्, तपाईंले योसँग जुघ्नुपर्छ ।

तपाईंलाई कुनै कुराले तनाव दिइरहेको छ भने त्यो सामान्य कुरा होइन ।’ भाइको यस्तो भनाइपछि आफूले केही गर्ने निर्णय गरेको उनले बताए ।

प्रिन्स ह्यारीका पिताका अनुसार ह्यारी उक्त वियोग सहन नसकि लागुऔषधको सेवन पनि गर्थे ।

यसै कारण उनलाई लागुऔषध छुटाउन लागुऔषध सेवा केन्द्र समेत लागिएको थियो ।

प्रिन्स ह्यारीका अनुसार उनले मनोचिकित्सकको पनि सल्लाह लिए ।

बक्सिङसँग जोडिएको शौखबारे सोध्दा प्रिन्स ह्यारी भन्छन्, ‘बक्सिङले मलाई बचायो किनभने यसरी मैले आफ्नो रिस बाहिर निकाल्न सक्थें ।’

टेलिग्राफ अखबारका अनुसार प्रिन्स ह्यारीले यसबारे कुरा गर्ने निर्णय गरे ता कि मानसिक स्वास्थ्यसँग जोडिएका मुद्धामाथि मानिसहरुले खुलेर कुरा गर्न प्रोत्साहित गर्न सकून् ।