श्री हनुमानजी र प्रभु श्रीराम बीचको युद्ध !

चैत्र ०३,२०७३

-आस्था न्युज अध्यात्म डेस्क

 प्रभु श्रीराम र हनुमानजी बिचमा पनि धेरै पटक युद्ध भएको थियो भन्दा अचम्म लाग्ला तर यो साचो हो l प्रभु श्रीराम र उनका प्रिय भक्त श्री हनुमानजी बिचको युद्ध सम्राट ययातिको कालमा भएको सम्राट ययातिको कारण भएको थियो l सम्राट ययाति ब्रम्हाका पालाका राजा थिए l सम्राट ययातिको दुईवटा पत्नीहरू थिए देवयानी र  शर्मिष्ठा । देवयानी गुरु शुक्राचार्यका  पुत्री थिईन भने  शर्मिष्ठा दैत्यराज वृषपर्वाका  पुत्री थिईन । उनको पहिलो पत्नी देवयानी को कोखबाट यदु र  तुर्वसु नामक दुई  पुत्र भए भने उनको दोश्रो पत्नी शर्मिष्ठाबाट द्रुहु, पुरु र अनु भए । सम्राट ययातिका  केहि छोरीहरु पनि थिए l जसमध्ये एकको नाम माधवी थियो । हामी माधवीको कथाबाट थाहापाउछौ कि उनको कथा कत्तिको व्यथापूर्ण थियो भनेर ।

 

 सम्राट ययातिको प्रमुख पाच पुत्रमा :  १ .पुरु, २ .यदु, ३ .तुर्वस, ४ .अनु , र  ५ .द्रुहु हुन् । यिनीहरुलाई वेदमा इन्हें पंचनंद भन्ने गरिन्छ । ई.पू. सन् ७२०० तिर अर्थात् आज भन्दा करिब ९२०० साल पहिला सम्राट ययातिको सम्पूर्ण छोराहरुको राज यस धर्तीमा रहेको थियो l यिनै पाचै जना छोराहरुले आफ्नो नामबाट राजबंशीको स्थापना गरेको कुरा पुराणहरुमा उल्लेख रहेको छ l एकदिन सम्राट ययातिको आफ्नो जेष्ठ पुत्र यदुसंग रुष्ठ भएर उनलाई उनि र उनका पुत्रहरुलाई राजपदको शौभाग्य प्राप्त नहोस भनि श्राप दिन पुगे (हरिवंश पुराण १,३०,२९,) l  सम्राट ययाति कान्छा छोरा यदुलाई सबैभन्दा बढी माया गर्ने भएकाले उनले जेष्ठ छोराको साटो उनलाईनै राज्य दिन चाहन्थे l तर राजाका अन्य मन्त्री र सभासदहरुले यसको बिरोध गरेको कुरा माहाभारतमा उल्लेख छ (महाभारत, १,८५,३२ ) l

क्रोध र भड़काबमा आएका ऋषि बिश्वमित्र प्रभु श्री राम कहाँ गए र श्री हनुमानजीलाई मृत्युदण्ड दिन भने l प्रभु श्री राम आफ्नो गुरु बिश्वमित्रको कुरा टाल्दैनथे त्यसैले असाध्यै दुखि हुदै उनले श्री हनुमानजी माथि बाण चलाए l तर श्री हनुमान श्री रामको नाम जप गरीरहे l आफ्नो गुरुको आदेश पालना गर्दै  उनले ब्रम्हास्त्र समेत चलाए l  तर आश्चर्यजनक रुपले राम नाम जप गरिरहेका श्री हनुमानजीलाई ब्रम्हस्त्रले समेत केहि गर्न सकेन l  

 

एक समय गुरु विश्वामित्रले  भगवान श्री रामलाई राजा ययातिलाई मार्न आदेश दिए l  यस संकटबाट बच्न  राजा ययातिले संकट मोचन श्री हनुमानजीको  शरणमा गए जसबाट उनको चतुराईको समेत परिचय खुल्दछ । श्रीयता श्री हनुमानजीले  माता अंजनीको आदेश अनुसार राजा ययातिको रक्षा गर्ने बचन दिन पुग्छन । श्री हनुमानजी आफु अगाडी नपरिकन आफ्नो माताको आदेशलाई आत्मसाथ गरेको देखाउन आफ्नो महाज्ञानी  चतुरर स्वभाव दर्साएका थिए । 

श्री हनुमानजी आफ्नो आराध्य देव संग युद्ध गर्न र उनीमाथि अस्त्र चलाउन सक्दैनथे l त्यसैले उनले अस्त्र –शस्त्रबाट युद्ध लड्नु भन्दा भगवान प्रभु रामको नाम जप्न शुरु गरे l यस युद्धमा रामले जत्तिपनि बाण चलाए ति सबै श्री हनुमानजी को सम्मुने गएर नष्ट भयो l यसबाट श्री राम नाम जपको शक्ति कति हुन्छ भन्ने प्रमाणित हुन्छ l श्री राम नाम स्वयम् राम भगवान भन्दा पनि शक्तिशाली !

 

यसरी विश्वामित्र श्री हनुमानजीको श्रद्धाभक्ति र आफ्नो रक्षकको दिएको वचन पालना गरेको देखेर आफु विस्मित मान्दै  हनुमानजीको  यस्तो भक्ति देखेर उनले भगवान श्री रामलाई यस धर्मसंकटबाट मुक्ति दिलाए । उनले प्रभु श्री रामलाई युद्ध रोक्ने आदेश दिएर सम्राट ययातिलाई जीवन दान दिए । यसरी दुवैको बचनको रक्षा भयो । 

नारद मुनिले श्री हनुमानजी को भक्ति र शक्ति दाज्न एकदमै चतुराईका साथ श्री हनुमानजीलाई ऋषि बिश्वमित्र बाहेक सबै ऋषिहरुलाई भेट्न भने जतिबेला प्रभु राम राजकाजमा ब्यस्त थिए l यहि मौकालाई छोपी नारदमुनी ऋषि बिश्वमित्रकहाँ गएर हनुमानको यस्तो ब्यवहार बारे कुरा सुनाएर उनलाई भड्काउने काम गरे l ऋषि बिश्वमित्रले यसलाई आफ्नो अपमान भएको सम्झी धेरैनै रिसाए l

यसरी क्रोध र भड़काबमा आएका ऋषि बिश्वमित्र प्रभु श्री राम कहाँ गए र श्री हनुमानजीलाई मृत्युदण्ड दिन भने l प्रभु श्री राम आफ्नो गुरु बिश्वमित्रको कुरा टाल्दैनथे त्यसैले असाध्यै दुखि हुदै उनले श्री हनुमानजी माथि बाण चलाए l तर श्री हनुमान श्री रामको नाम जप गरीरहे l आफ्नो गुरुको आदेश पालना गर्दै  उनले ब्रम्हास्त्र समेत चलाए l  तर आश्चर्यजनक रुपले राम नाम जप गरिरहेका श्री हनुमानजीलाई ब्रम्हस्त्रले समेत केहि गर्न सकेन l  यो देखेर नारदमुनी बिश्वमित्रकहाँ गएर आफ्नो भुल स्वीकार गर्दै  प्रकट माफी मागे l यसरी संकट मोचन भगवानलाई समेत श्री राम नाम जपले संकटबाट बचाएको थियो l जसले श्री रामनाम जप्छ उसले सबै समस्या र संकटबाट मुक्ति पाउछ l

ब्रम्हदेवले श्री हनुमानजीलाई दिएका तिन बरदान मध्ये ब्रम्हास्त्र भेदन पनि एक थियो जुन अशोकबाटिकामा उनले प्रयोग गरेका थिए l