मिष्टर गे वल्र्डमा नेपालका मनिल सिंह सहभागी हुने

बैशाख ०३,२०७५

-

बैशाख ०३, काठमाडौं ।  
मनिल सिंह पहिलो पटक मिष्टर गे वल्र्ड २०१८ मा सहभागी हुने निश्चित भएको छ । नेपालमा भएको मिष्टर गे हेन्डसम २०१७ का उपाधी विजेता सिंहले नेपालवाटै पहिलो पटक मिष्टर गे वल्र्ड (समलिंगी पुरुषहरुको अन्तराष्ट्रिय प्रतियोगिता) मा सहभागी हुन लागेका हुन । 
 
पहिलो पटक नेपालबाट यो प्रतियोगितामा सहभागी हुन पाउँदा धेरै खुशी लागेको मनिलले वताए । दक्षिण अफ्रिकामा मे २१ देखि २७ सम्म हुने यो प्रतियोगितामा मनिलले बिश्वका २२ देशका प्रतियोगीसँग संघर्ष गर्नेछन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मातृ संस्था नील हिरा समाजको अधिकार प्राप्तिको अभियानका हिस्सेदार मनिल नेपालमा दोस्रो पटक भएको मिष्टर गे हेन्डसमका उपाधी विजेता हुन् ।