लोभ देखाएर धर्म परिवर्तन गराउन खोज्ने तीन महिला पक्राउ

बैशाख २६,२०७५

Man distributing Bible in Nepal.

-

२६ बैशाख , २०७५

प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन खोजेको भन्दै प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ ।

आफुलाई प्रतिष्ठित गैरसरकारी संस्था एनजिओ मा जागिर लगाईदिने भन्दै जबरजस्ती क्रिस्चियन धर्ममा लाग्न आग्रह गरेको उजुरीका आधारमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो ।

चितवनकी लक्ष्मी भट्टराईले प्रहरीमा उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कास्की घर भई सीतापाईला बस्ने ४९ बर्षीया सुमित्रा गौली, कलंकी बस्ने ३६ बर्षीया राधिका महर्जन र चितवनकी फुलदेवी भट्टराई छन् ।