नेपालको पहिलो ओडीआई सिरिज नेदरल्याण्डसंग

ओडीआई सिरिजअघि नेपालले लर्ड्समा त्रिकोरात्मक टी-२० पनि खेल्ने ।

जेठ १०,२०७५

-

१० जेठ , २०७५

नेपालले पहिलो एकदिवसीय अन्तरास्ट्रिय क्रिकेट नेदरल्याण्डसंग खेल्ने भएको छ । दुई खेलको ओडीआई सिरिज १ र ३ अगस्टमा नेदरल्याण्डमा हुनेछ ।

नेपालले गत मार्चमा जिम्बावेमा भएको बिश्वकप छनोट प्रतियोगिता बाट एक दिवसीय अन्तरास्ट्रिय मान्यता पाएपछि आफ्नो पहिलो ओडीआई सिरिज नेदरल्याण्डसंग खेल्न लागेको हो ।

ओडीआई सिरिजअघि दुवै देशले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) को घरेलु मैदान लर्ड्समा त्रिकोरात्मक टी-२० खेल्नेछन् । २९ जुलाईमा हुने प्रतियोगितामा दुई देश संगै एमसिसीले पनि प्रतिस्पर्धा गर्नेछ ।