आईपीएलः क्वालिफायर-२ मा कोलकाता र हैदराबाद भिड्ने

आईपीएल २०१८ मा राजस्थान रोयल्सको यात्रा समाप्त ।

जेठ १०,२०७५

-

१० जेठ , २०७५

इण्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटर राउन्डमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई २५ रनले हराउदै क्वालिफायर-२ मा हैदराबादसंगको भेट पक्का गरेको छ । शुक्रबार हुने क्वालिफायर-२ को बिजेता फाइनलमा पुग्नेछ ।

इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६९ रन बनायो ।

तर कोलकाताको शुरुआत भने निकै खराब रयो । सुनिल नरेन ४ रन बनाएर आउट भए । उनी पहिलो ओभरको दोस्रो बलमा कृष्णप्पा गौतमको शिकार भए । त्यसपछि गौतमले नै रोबिन उथप्पालाई ३ रनमा आउट गरे ।

चौथो ओभरमा जोफ्रा आचार्यले नितिश राणालाई ३ रनमा पेवेलियनको बाटो देखाए । चौथो विकेटको रुपमा क्रिस लिन आउट हुनपुगे । उनी १८ रनमा श्रेयस गोपालको बलमा आउट भए ।

८ ओवरको समाप्तिमा ४ विकेट गुमाएर ५१ रन बनाएको कोलकाताको पारि कप्तान दिनेश कार्तिक र आन्द्रे रसलले समालेका थिए । कार्तिकले ३८ बालमा ५२ तथा आन्द्रे रसेलले २५ बलमा नटआउट ४९ रन बनाए । शुभमन गिलले २८ रनको योगदान गरे ।

राजस्थानका लागि श्रेयस गोपाल , कृष्णप्पा गौतम र बेन लंगलिनले २/२ विकेट लिए ।

१७० रनको विजय लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४४ रनमात्र बनाउन सक्यो र कोलकाताले २५ रनले खेल जित्यो । राजस्थानका लागि सन्जु स्यामसनले सर्वाधिक ५० रन बनाए । तेस्तै अजिंक्य रहाणे ४६ , राहुल त्रिपाठीले २० तथा हेनरिच क्लासानले १८ रन बनाए ।

कोलकाताका बलर पियुष चावलाले २ तथा प्रसिद्ध कृष्णा र कुलदिप यादवले १/१ विकेट लिए । बलिङ गर्ने क्रममा ३ ओभरमा २२ रन मात्र खर्चिएका रसेल प्लेयर अफ दि म्याच भए ।