क्याफेमा बम हानी ४ जनाको हत्या

जेठ १०,२०७५

-

 जेठ १०, २०७५ बग्दाद । 
 
 
इराकको राजधानी बग्दादमा अवस्थित एक क्याफेमा  अज्ञात व्यक्तिले बम हानेर खाना खाइरहेका चार व्यक्तिको हत्या गरेका छन् । 
 
यस आत्मघाती बम आक्रमणमा परी अरु पनि कैयौँ व्यक्तिलाई घाइते बनाइएको छ । 
 
मुस्लिम राष्ट्रहरुमा हाल रमाजान व्रतको महिना चलिरहेको छ । एक महिनासम्म चल्ने यस व्रतका क्रममा पनि प्रायः दैनिकजसो हत्या हिंसा रोकिएको छैन । 
 
यस हमलामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १६ घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । 
 
मारिनेमा एकजना सुरक्षा अधिकारी पनि परेका उक्त विज्ञप्तिमा जनाइएको छ । 
 
इराकी राजधानी बग्दादको छिमेकमा पर्ने सिया मुसलमान समुदायको बढी प्रभाव रहेको अल सोआला जिल्लामा अवस्थित उक्त क्याफेमा खाना खाइरहेका प्रहरीलाई लक्ष्य गरी सो हमला भएको हो । एजेन्सी